• १० मंसिर २०८१, सोमबार

रियल म्याड्रिड शीर्षस्थानमा

blog

ला लिगामा प्रतिस्पर्धा गर्दै रियल म्याड्रिड र गेटाफेका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज २३ गते । साबिक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । रियलले चर्चित प्रतिद्वन्द्वी बार्सिलोनालाई पछि पार्दै शीर्षस्थान कब्जा गरेको हो ।

शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरायो । रियलको कठिन जितमा  इडर मिलिसाओले निर्णायक गोल गर्नुभयो । इडरले खेल सुरु भएको तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

जितसँगै रियलले आठ खेलबाट २२ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको रियलले दोस्रो स्थानको बार्सिलोनालाइै एक अङ्कले पछि पारेको छ । बार्सिलोनाको १९ अङ्क छ । पराजित गेटाफे सात अङ्कसहित १६औँ स्थानमा छ ।

अन्य खेलमा एट्लेटिको म्याड्रिडले गिरोनालाई २–१, अल्मेरियाले रायो भालेकानोलाई ३–१ र भ्यालेन्सियाले ओसासुनालाई २–१ गोलले हरायो । सेभिया र एथलेटिक्स बिल्बाओले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी