• २४ वैशाख २०८१, सोमबार

कर्णालीमाथि एपीएफको गोल वर्षा

blog

महिला फुटबलमा प्रतिस्पर्धा गर्दै एपीएफ र कर्णालीका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशमाथि गोल वर्षा गरेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो ।

एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले पराजित गरेको थियो । पहिलो हाफमा १० गोल गरेको एपीएफले दोस्रो हाफमा ६ गोल गरेको थियो । 

एपीएफको सानदार जितमा सावित्रा भण्डारीले पाँच गोल गर्नुभयो । सरु लिम्बुले ह्याट्रिक पूरा गर्नुभयो । अनिता केसी र रविना गोले दुई दुई तथा गीता राना, मनमाया लिम्बु, सविता रानामगर र प्रीति राईले एक एक गोल थप्नुभयो । अर्को खेलमा प्रदेश–१ ले गण्डकी प्रदेशलाई २–१ गोलले हराएको छ । महिला फुटबलमा शनिबार नै  बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।