• १५ चैत २०८०, बिहिबार

एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराव सुरुवात

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज १९ गते । नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० गोलले पराजित भयो ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । 

थाइल्यान्डको जितमा तोन्तावान पुन्तामुनीले दुई तथा थानाकृत जाम्पालीले एक गोल गर्नुभयो । तोन्तावानले ३५औं र ६५औं मिनेटमा गोल गर्नुभयो । थानाकृतले ७८औं मिनेटमा एक गोल गर्नुभयो ।

खेलभर थाइल्यान्डको दबाब झेलेको नेपालले गोल फर्काउन सकेन । छनोट खेलमा नेपाल समूह एफमा छ । यस समूहमा नेपालसँगै थाइल्यान्ड, आयोजक भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपालले अब दोस्रो खेल शुक्रबार भियतनाम र अन्तिम खेल आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूहको शीर्षटोली एसियन कपमा छनोट हुनेछ । यसैगरी  उत्कृष्ट ६ उपविजेता टोली पनि छनोट हुनेछन् ।