• १० मंसिर २०८१, सोमबार

एमबाप्पे र मेस्सीको गोलमा पीएसजी विजयी

blog

गोल गरेपछि खुशी मनाउँदै लियोनल मेस्सी र केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ५ गते । स्टार स्ट्राइकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानका सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी अजासियोलाई उसैको मैदानमा ३–० गोलले हरायो । 

एकपक्षीय खेलमा पीएसजीलाई जिताउन एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गर्नुभयो । एमबाप्पेको दुवै गोलमा मेस्सीले सहयोग गर्नुभएको थियो । एमबाप्पेले २४औं र ७८औं मिनेटमा गोल गर्नुभएको थियो । 

मेस्सीस्ले ८२औं मिनेटमा गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । जितसँगै पीएसजी शीर्षस्थानमा छ । लिगमा अपराजित रहेको पीएसजीले १२ खेलबाट ३२ अङ्क बनाएको छ ।

पराजित अजासियो आठ अङ्कसहित १८औं स्थानमा छ । दोस्रो स्थानमा रहेको लोरियन्टको २६ अङ्क छ । लोरियन्टले एक खेल कम खेलेको छ । तेस्रो स्थानमा रहेको लेन्सको २४ अङ्क छ । एजेन्सी