दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा सुरु भएको छ । बुधबार साँझ ५ बजे खेल सुरु भएको हो ।
शुल्क तिरेर विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाइने
विश्वकम हेर्नका लागि दर्शकसँग मिडिया हब प्रालिले अतिरिक्त शुल्क लिन पाउने भएको छ ।
नेपाल आज पाकिस्तानसँग भिड्दै
नेपालले आज (बुधबार) दशरथ रङ्गशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले जित्ने दाबी गरेका छन् । नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभयो ।
कतार विश्वकपमा ८३१ खेलाडी
कतामरा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो ।
फिफा विश्वकपको दुई सय ९० वटा टिकट बेच्दै एन्फा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्व फुटबल महासङ्घ (फिफा) बाट नेपाललाई प्राप्त कतार विश्वकपको दुई सय ९० वटा टिकट बिक्री गर्ने निर्णय गरेको छ ।
दुवै टोलीको जित्ने दाबी
दशरथ रङ्गशालामा बुधबार साँझ नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।
कतार विश्वकपका लागि मेक्सिको र क्यानडाको टोली घोषणा
कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् ।
कप्तान मेस्सीसहित अर्जेन्टिना टोली कतारमा
मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो ।
युनाइटेड र एस्टन भिल्लालाई सफलता
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले सफलता हात पारेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले फुलहामलाई २–१ गोलले हरायो । अकोृ खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले नै स्तब्ध बनायो ।
अक्जिरमाथि पीएसजीको सानदार जित
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अक्सरे एफसीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले अक्जिर एफसीलाई ५–० गोलले हरायो ।
कतार विश्वकपका लागि इरान टोलीको घोषणा
कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
बीके सुनचाँदी टिम बन्यो फुटसल च्याम्पियन
पाँचौं ताम्राकार फुटसल प्रतियोगिता २०२२ को उपाधि बीके सुनचाँदी पसलले हात पारेको छ । ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा बीके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।
बासिरको कप्तानीमा पाकिस्तान टोली घोषणा
दशरथ रङ्गशालामा कात्तिक ३० गते आयोजना हुन लागेको नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि पाकिस्तानले हसन बासिरको कप्तानीमा २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
अग्रता बढाउँदै आर्सनल
इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनलले आफ्नो अग्रता बढाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–० गोलले हरायो ।
फिफा विश्वकप २०२२ : धमाधम टोलीको घोषणा हुँदै
कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने २२औँ संस्करणको फिफा विश्वकप फुटबलका लागि सहभागी देशले धमाधम आफ्नो खेलाडी टोलीको घोषणा गरिरहेका छन् । कतिपय देशले खेलाडी टोलीको अन्तिम नाम सार्वजनिक गरिसकेका छन् ।
नेपालले पाकिस्तानविरुद्ध रोहितको कप्तानीमा खेल्ने
दशरथ रंगशालामा कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्नुहुने भएको छ ।
ऐतिहासिक उपाधि जित्ने फुटबल टिमलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले यू–१५ महिला साफ च्याम्पियनसिप उपाधि उचाल्ने नेपाली टिमलाई बधाई दिनुभएको छ ।
साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जित्यो
बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
साबिक विजेता फ्रान्सको विश्वकप टोली घोषणा
साबिक विजेता फ्रान्सले कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि खेलाडी टोलीको घोषणा गरेको छ । फ्रान्सले बुधबार राति २५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो ।
नेपाल र पाकिस्तान मैत्रीपूर्ण फुटबल : भाग्यमानी दर्शकलाई विश्वकप हेर्ने मौका
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलको भाग्यमानी दर्शकलाई विश्वकप हेर्ने मौका दिने भएको छ ।
सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिराहा भिड्दै
बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ ।
साफ यू-१५ महिला फुटबल : नेपालको दोस्रो जित
नेपालले बङ्गलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई १-० गोलले हरायो ।
साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित
काठमाडौं, कात्तिक १७ गते । नेपालले बङ्गलादेशको ढाकामा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हरायो । नेपालको जितमा वर्षा ओलीले चार गोल गर्नुभयो । सुक्रिया मियाले दुई तथा सेनु परियारले एक एक गोल गर्नुभयो । १० खेलाडीमा समेटिएको भुटानमाथि नेपालले पहिलो हाफमै चार गोल गरेको थियो । नेपालका लागि वर्षाले खेलको पहिलो मिनेटमै गोलको खाता खोल्नुभएको थियो ।वर्षाले १७औँ र ३४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । उहाँले ३५औँ मिनेटमा चौथो गोल गर्नुभयो । सुक्रियाले ६५औँ र ७२औँ तथा सेनुले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ६७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो ।भुटानकी गोलरक्षक दिक्षिता राई रातो कार्ड पाउँदै बाहिरिनुभयो । डीबक्स बाहिर आएर बल समाएपछि उहाँले रातो कार्ड पाउनुभएको हो । तीन टोली सहभागी प्रतियोगितामा पहिलो जितसँगै तीन अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ ।समान तीन अङ्क बनाएको आयोजक बङ्गलादेश गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । बङ्गलादेशले भुटानलाई ८–० गोलले हराएको थियो । भुटानले भने लगातार दोस्रो हार खेपेको छ । डवल राउण्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।
फिफा विश्वकपका लागि जापानी टोलीको घोषणा
कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली देश जापानले खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय खेलाडी टोलीको घोषणा गर्नुभएको हो ।