• ६ वैशाख २०८१, बिहिबार

इङ्ग्ल्यान्डको सानदार जित

blog

गोल गरेपछि खुशी मनाउँदैइङ्ग्ल्यान्डका ह्यारी केन । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १९ गते । अफ्रिकी टोली सेनेगलमाथि सानदार जित निकाल्दै इङ्ग्ल्यान्ड कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अल बायट रंगशालामा आइतबार राति भएको खेलमा इङ्ग्ल्यान्डले सेनेगललाई ३-० गोलले हरायो । एकपक्षीय खेलमा इङ्ग्ल्यान्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गर्नुभयो ।

पहिलो हाफमा दुई गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । ३८अ‍ौं मिनेटमा हेन्डरसनले जुड बेलिंघमको पासमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाउनुभयो ।

त्यसपछि पहिलो हाफमो इन्जुरी समयमा केनले काउन्टर प्रहरमा फिल फोडेनको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । केनको यो इङ्ग्ल्यान्डका लागि ५२औं गोल हो ।

उहाँ अब सर्वाधिक गोलकर्ता वायन रुनीको कीर्तिमानबाट एक गोलले मात्र पछि हुनुहुन्छ । दोस्रो हाफमा पनि एउटै लय समातेको इङ्ग्ल्यान्डले ५७औं मिनेटमा तेस्रो गोल गरेको थियो ।

साकाले डिबक्स भित्र फोडेनको दिएको पासमा विपक्षी रक्षकलाई छल्दै गोल गर्नुभएको थियो । सेनेगलको लगातार गोल गर्ने प्रयासमा इङ्ग्ल्यान्डको रक्षापंक्ति बाधक बन्यो ।

क्वार्टरफाइनलमा सन् १९६६ को पिश्वकप विजेता इङ्ग्ल्यान्डले साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । आइतबार रातिनै भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलले हराउँदै इङ्ग्ल्यान्डसँगको भेट पक्का गरेको थियो । एजेन्सी