• ६ जेठ २०८१, आइतबार

विश्वकप समाचार संकलनकै क्रममा पत्रकार ग्रान्टको मृत्यु

blog

पत्रकार ग्रान्ट वाल्ह ।

काठमार्डौं, मंसिर २४ गते । आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो । 

४८ बर्षीय ग्रान्ड चर्चित खेल पत्रकार हुनुहुन्छ । उहाँले फिफा विश्वकप फुटबलको लगातार रिर्पोटिङ गरेको यो आठौं पटक हो । उहाँले सन् १९९४ को विश्वकप देखि लगातार विश्वकपको समाचार संकलन गर्दै आउनुभएको थियो । ग्रान्डलाई शुक्रबार समाचार संकलनकै क्रममा हृदयघात भएको बताइएको छ ।

युएस सकरले शनिबार बिहान एक वक्तब्य जारी गर्दै ग्रान्टको मृत्यु भएको उल्लेख गरेको छ । युएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:ख लागेको पनि जनाएको छ ।ग्रान्ट रंगशालाको प्रेस बक्समा बसेर फुटबल हेरिरहेकै अवस्थामा एक्कासी ढल्नुभएको थियो ।

त्यसपछि सञ्चारकर्मीहरुले मेडिकल टोलीलाई बोलाएका थिए । रंगशालामै २० मिनेटसम्म सीपीआर गरिएपनि ग्रान्टलाई बचाउने प्रयास सफल भएन । लामो समय अमेरिक म्यागजिनमा काम गर्नुभएका ग्रान्ट पछिल्लो समय अनलाइन पोर्टल ‘सबस्ट्याकमा’ समाचार लेख्दै आउनुभएको थियो ।

कतारमा भईरहेको लैंगिक हिंसाको विषयमा आवाज उठाएका ग्रान्टले लैंगिक अल्पसंख्यक समुदायको समर्थनमा इन्द्रेणी रंगको सट लगाएर रंगशाला प्रवेश गरेपछि कतार प्रहरीले गिरफ्तार समेत गरेको थियो ।

फक्स स्पोर्ट्समा समेत काम गर्नुभएका ग्रान्टले नेदरल्यान्ड्सले उत्कृष्ट गोल गरेको भन्दै शुक्रबार राति ट्वीट समेत गर्नुभएको थियो । स्वर्गीय ग्रान्टका क श्रीमती छन् । बीबीसी