• २२ वैशाख २०८१, शनिबार

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

blog

पोल्यान्डविरुद्ध गोल गरेपछि अर्जेन्टिनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १५ गते । अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘सी’ अन्तर्गत स्टेडियम ९७४ मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलले हरायो । हारेपनि पोल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अर्जेन्टिना समूह विजेता बन्यो । 

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले गोल गर्नुभयो । एलिस्टरले ४६औँ र अल्भारेजले ६७औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ३९औँ मिनेटमा कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्नुभयो ।

जितसँगै समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ६ अङ्क बनायो । उपविजेता पोल्यान्डले चार अङ्क जोड्यो । यस समूहबाट मेक्सिको र साउदी अरब बाहिरिए ।

बुधबार राति नै भएको खेलमा मेक्सिकोले साउदी अरबलाई २-१ गोलले हराएको थियो । जितसँगै चार अङ्क बनाएको मेक्सिको तेस्रो र तीन अङ्क बनाएको साउदी अरब अन्तिममा रह्यो । एजेन्सी