• १६ चैत २०८०, शुक्रबार

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

blog

काठमाडौं, मंसिर १४ गते । नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हरायो । अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध बनायो । 

नेदरल्यान्ड्स समूह विजेता र इक्वेडर उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । आयोजक कतार एउटै खेल नजिती बाहिरिने टोली बन्यो । सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो । 


अल बायट स्टेडिममा भएको खेलमा नेदरल्यान्ड्सलाई जिताउन कोडी गाक्पो र फ्रान्की डे जोङ गोल गर्नुभयो । गोक्पोले २६औं मिनेटमा वान भर्सेस वानमा गोल गर्नुभएको थियो । त्यसपछि फ्रान्क डे जोङले ४९औं मिनेटमा कतारका रक्षकको गल्तीमा गोल गर्दै नेदरल्यान्ड्सलाई जिताउनुभयो । खेलभर नेदरल्यान्ड्सको दबाब झेलेको कतारले गोल फर्काउन सकेन । 


यसैगरी खालिफा रंगशालामा भएको खेलमा सेनेगलललाई जिताउन इस्माएला सार र कालिडु कौलीबालीले गोल गर्नुभयो । इक्वेडरका मोइसेस काइसेडोको गोल सन्त्वना गोलमा परिणत भयो । इस्माएला सारले ४४औं मिनेटमा पेनाल्टीमार्फत खाता खोल्नुभउको थियो । विपक्षी पिएरो हिन्कापीले डिबक्सभित्र फल खेलेपछि सेनेगलले पेनाल्टीको मौका पाएको थियो । 


त्यसपछि ६७औं मिनेटमा इक्वेडरका मोइसेस काइसेडो गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । तीन मिनेट लगत्यै सेनेगलका कालिडु कौलीबालीले रिबाउन्ड प्रहारमा गोल गर्दै सेनेगललाई अन्तिम १६ मा प्रवेश गराउनुभयो ।


यस समूहको शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सले सात अंक बनायो । दोस्रो स्थानमा रहेको सेनेगलले ६ अंक जोड्ड्यो । इक्वेडर चार अंकसहित तेस्रो र अंकविहन कतार अन्तिममा रह्यो । एजेन्सी