• २२ वैशाख २०८१, शनिबार

अष्ट्रेलिया नकआउट चरणमा

blog

समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै अष्ट्रेलिया र डेनमार्कका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १५ गते । एसियाली टोली अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अल जानोब स्टेडियममा बुधबार राति भएको समूहको अन्तिम खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० गोलले हरायो । 

अष्ट्रेलिया समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । फ्रान्स यस समूहको विजेता बन्दै नकआउ चरणमा पुगेको छ । अन्तिम खेल अघिनै नकआउच चरणमा स्थान बनाएको फ्रान्स बुधबार राति भएको अन्तिम खेलमा ट्युनिसियासँग १-० गोलले पराजित भयो । फ्रान्सलाई हराएपनि ट्युनिसिया र डेनमार्क विश्वकपबाट बाहिरिए । 

अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले ६०औं मिनेटमा निर्णायक गोल गर्नुभयो । लेकीले राइली मक्ग्रीको पासमा गोल गर्नुभएको थियो । अष्ट्रेलियालाई कडा टक्कर दिएको डेनमार्कले गोल फर्काउन भने सकेन । 

यसैगरी एजुकेशन सिटी स्टेडियममा भएको अर्को खेलमा ट्युनिसियालाई जिताउन कप्तान वाहबी खाज्रीले ५८औं मिनेटमा गोल गर्नुभएको थियो । साविक विजेता फ्रान्सलाई हराएपनि ट्युनिसिया विश्वकपबाट बाहिरिन बाध्य भयो । 

हारेपनि फ्रान्स ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रह्यो ।  अंक बनाएको अष्ट्रेलिया उपविजेता बन्यो । चार अंक बनाएको ट्युनिसिया तेस्रो र एक अंक बनाएको डेनमार्क अन्तिममा रह्यो । एजेन्सी