अरुनिमालाई तरुण गोल्डकप उपाधि
पाँचथरको तुम्बेवा गाउँपालिका वाड नं ५ मा सम्पन्न प्रथम तरुण गोल्डकपको उपाधि अरुनिमा फुटबल क्लबले हात पारेको छ ।
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद नहुने निश्चित
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाइएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति समेत घोषणा नहुनुले त्रास सिर्जना गराएको छ ।
महिला साफ फुटबलको टिकट विक्रीमा भष्ट्राचार भएको आरोप
हालै सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दर्शक टिकट विक्रीमा आर्थिक अनियमितता र भष्ट्राचार भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आरोप लगाउनुभएको छ ।
लिभरपुल थप बलियो बन्दै
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।
सरु नगदसहित सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगर मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।
निस्दी र मणिमुकुन्दबिच उपाधिका लागि प्रतिस्पर्धा हुने
मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
च्याम्पियनको अधुरो सपना
नेपाल साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता बन्यो ।
सिरिजङ्गा गोल्ड कप मङ्सिर २३ गतेदेखि हुने
ताप्लेजुङमा आगामी मङ्सिर २३ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा फुटबल प्रतियोगिता र सिरिजङ्गा मेला–२०८१ हुने भएको हो ।
च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित
युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ ।
लायन्स कप फुटबल मङ्सिरमा
छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीमा छात्रा फुटबल प्रतियोगिता अयोजना गरिने भएको छ ।
युइएफए च्याम्पियन्स लिग : लिभरपुलको सहज जित
लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा बायर लिभरकुसनविरुद्ध सहज जित निकालेको छ ।
साफ फुटबलका खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
एन्फा महिला सुपर लिग : फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण
एन्फा महिला सुपर लिगमा छनोट भएको वालिङ नगरपालिकाको फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण गरिएको छ ।
महिला फुटबलमा दर्शकको ‘क्रेज’
खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् ।
साफ उपविजेता महिला टोलीलाई काठमाडौँ महानगरको रातारात सम्मान
साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ ।
दुई चक्माको गोलमा नेपाल फेरि स्तब्ध
नेपाली महिला फुटबलको इतिहासमै घरेलु मैदान दशरथ रङ्गशालामा १५ हजार चारसय संख्यामा दर्शकको सर्मथन पाएको नेपाल बुधबार भएको फाइनलमा बङ्गलादेशसँग २-१ गोलले पराजित भयो ।
महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई : नेपाल उपविजेता
साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।
८१ मिनेटमा नेपालविरुद्ध बंगलादेशको २–१ को अग्रता
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा खेलको ८१ औँ मिनेटमा नेपालविरुद्ध बङ्गलादेशले २–१ को अग्रता लिएको छ ।
साफ फाइनल : बङ्गलादेशले अग्रता लिएको चार मिनेटमै नेपालकी अमिशा कार्कीको सुन्दर गोल
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बङ्गलादेशले लिएको अग्रतालाई तोड्दै नेपालले बराबरी गोल गरेको छ ।
नेपाल–बङ्गलादेश फाइनल : दोस्रो हाफमा नेपालका दुई खेलाडी परिवर्तन
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
साफ फाइनल : नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा सकियो
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
नेपालको पहिलो प्रहार क्रसबारमा लागेर फर्कियो
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको छ ।
साफ महिला च्याम्पियनसिप फाइनल नेपाल र बङ्गलादेशको खेल : अग्रपङ्क्तिमा स्ट्राइकर सावित्रा भण्डारी मात्र
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल सुरु भएको छ ।
खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री ओली रङ्गशालामा
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुग्नुभएको छ ।