राधा लुइटेल
फिदिम, कात्तिक २७ गते । पाँचथरको तुम्बेवा गाउँपालिका वाड नं ५ मा सम्पन्न प्रथम तरुण गोल्डकपको उपाधि अरुनिमा फुटबल क्लबले हात पारेको छ ।
इन्द्रवती माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा फाक्चामारा फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै अरुनिमाले उपाधि जितेको हो । उपाधिसँगै अरुनिमाले ४० हजार रुपियाँ पुरस्कार पायो ।
उपविजेता फाक्चामाराले २५ हजार रुपियाँ पायो । विजेतालाई नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङ्देम्बेले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा जम्मा २४ टिमले सहभागिता जनाएको आयोजकका अध्यक्ष इन्द्रराज कुरुम्वाङले बताउनुभयो ।