सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।
प्रयोगमा आएनन् शीतभण्डार
सिन्धुली जिल्लाका विभिन्न भागमा दातृ निकायको सहयोगमा निर्माण गरिएका शीतभण्डार प्रयोगमा आउन सकेका छैनन् ।
फल्नुअघि नै आलु बिक्री
फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री भएको छ ।
‘मर्क्योर’ सञ्चालनमा आउँदै
काठमाडौँको सुकेधारामा यसै सातादेखि पाँचतारे ‘मर्क्योर’ होटेल सञ्चालनमा आउने भएको छ । तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा बनेको होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुप अन्तर्गतको मक्र्योर ब्रान्डले गरेको छ ।
समस्या समाधानमा सहकार्यको प्रतिबद्धता
नेपाल र भारतका वाणिज्य अधिकारीले दुई देशको व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘जलवायु परिवर्तनले अर्थतन्त्रमा चुनौती’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रका समग्र पक्षमा चुनौती थपिन थालेको बताउनुभएको छ ।
प्रकोपले सुन्तला कृषक आम्दानीविहीन
कुनै समय निस्दी गाउँपालिका–५, बहपुरका कृषकलाई मङ्सिर र पुसमा सुन्तला टिप्न र बजार पठाउन भ्याइनभ्याइ हुन्थ्यो । लटरम्म फलेका सुन्तला बगैँचाले भरिएको बहपुरले सुन्तलापुरको पहिचान बनाएको थियो ।
खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
अब बैङ्कमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
अन्तरबैङ्क सापटी लिएर चेक साट्दै कर्णाली बैङ्क
नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तरबैङ्क रकम सापटी लिएर दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गरेको छ ।
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित
नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
विषादीयुक्त टाटेसिमी नष्ट
काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ ।
नेपाल बैङ्कका कर्मचारी र ग्राहकलाई बुद्ध एयरमा छुट
नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट पाउने भएका छन् ।
ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
पाँच महिनामा मूल्यवृद्धि उच्च
मुलुकको मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो वर्षको तुलनामा बढेको हो ।
सिमेन्ट खरिद रोक्ने चेतावनी
सिमेन्टमा पछिल्लो समय अत्यधिक मूल्यवृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित छन् । उनीहरूले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्रीसमेत नगर्ने चेतावनी दिएका छन् ।
गाउँलाई आफ्नै उत्पादन हितकारी
देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको छ ।
सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ।
ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गरिने
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
स्ट्रबेरी खेती
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित रतनपुरमा करिब नौ कट्ठा भाडाको जग्गामा व्यवसायिक रुपमा लगाइएका विन्टर डाउन जातको स्ट्रबेरी खेती ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
टोखाको चाकु विदेश पठाउन स्वीकृति
माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो ।
पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।