सात करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्वायर सहकारीका अध्यक्ष पक्राउ
स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता
विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।
व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान
भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।
सुनको मूल्य तोलामा चार हजारले घट्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
एक सय बिस औद्योगिक ग्राम घोषणा
मुलुकभर १२० औद्योगिक ग्राम घोषणा भएका छन् । आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सबै स्थानीय तहमा ग्राम स्थापना गर्ने लक्ष्य रहे पनि चालुु आवको फागुनसम्म १२० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका छन् । स्थानीय स्रोतको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना, विकास र प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन् । चालु आव २०८०/८१ मा मात्र १५ वटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा भएका छन् । थप छ वटा औद्योगिक ग्राम घोषणाको प्रस्ताव मन्त्रीपरिषद्मा पुगे पनि स्वीकृत भएका छैनन् । औद्योगिक ग्राम घोषणा गरेका स्थानीय तहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदानसमेत पठाउँदै आएको छ ।
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना सिफारिस
देशभर विभिन्न १८३ परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ वटा परियोजनाको अन्तिम छनोट गरी स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट छनोटमा परेका परियोजनाले न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रुपियाँ कर्जास्वरूप प्राप्त गर्ने छन् ।
साउनदेखि गुणस्तर ऐन कार्यान्वयनमा
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ जारी भए पनि अगामी आर्थिक वर्षदेखि मात्र कार्यान्वयनमा आउने भएको छ । यो ऐन अनुसार विभिन्न नियमावली बनाउने गृहकार्य भइरहेको हुनाले अगामी आवको साउन १९ गते कार्यान्वयनमा ल्याउने कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषितर्फ) का सचिव डा. दीपक खरालले बताउनुभयो ।
सुनको भन्सार वृद्धि खारेज गर्न माग
सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा प्रतिनिधिमूलक संस्थाले सुन आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला सङ्घको संयुक्त टोलीले शुक्रबार अर्थमन्त्री वर्षमान पुनः सँग भेट गरी सरकारले आव २०८१/८२ को भन्सार विधेयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएकोमा विरोध गर्दै त्यसलाई खारेज गर्न माग गरेको हो ।
तेस्रो ठुलो सबस्टेसन तयार
पूर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म प्रत्यक्ष र समग्र पूर्वपश्चिम विद्युत् वितरणमै अप्रत्यक्ष गुणस्तर सुधार गर्ने देशकै ठुलो तेस्रो सबस्टेसन निर्माण भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङमा ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएर चार्ज गरिएको हो ।
पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक
चालु आव २०८०-८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ।
सरकार मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ ।
रास्कोट नगरको मनपरी : गाडी भाडा र इन्धनमा ६१ लाख खर्च
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले कर्मचारी नियुक्ति सरुवा, बढुवामा मात्र होइन आर्थिक कारोबारमा समेत मनपरी गरेको प्रमाण फेला परेको छ।
चार सय केभीको तेस्रो ठुलो सब स्टेसन हेटौँडामा निर्माण, ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने
देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली [जिआइएस] प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठुलो ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रवारबाट सञ्चालन ९चार्ज०मा ल्याइएको छ । यसै गरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमानै २२० र १३२-११ केभी क्षमताका सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रबारनै चार्ज गरिएको छ ।
बाँझो जग्गामा सामूहिक किवी खेती
गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् ।
‘रोजगारदाता र श्रमिकबिच जोड्ने पुलको प्रयास’
सुर्खेतमा श्रमाधान रोजगार मेला सुरु भएको छ । शनिबारसम्म आयोजना हुने यो मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजना गरिएको हो । देशभरका सात वटै प्रदेशमा आयोजना गरिएको रोजगार मेला सुर्खेतमा दुई दिन सञ्चालन हुँदै छ । मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद आर्यालले रोजगारदाता र श्रमिकबिच जोड्ने पुलको प्रयास गरिएको बताउनुभयो । कायक्रमस्थलबाटै जागिर पाउने व्यवस्था मिलाउन आगामी दिनमा पालिकास्तरमै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । चार प्रदेशमा भएको कार्यक्रम उपलब्धिमूलक भएको जानकारी दिनुभयो ।
राजा च्याउले पाउन थाल्यो बजार
नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’ को नामबाट उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । ‘एनसी एग्रो टेक इन्डस्ट्री’ का निर्देशक दीपकप्रसाद न्यौपानेको पहलमा सुरु गरिएको ‘राजा च्याउ’ को उत्पादनले बजार लिन थालेको हो । व्यापारकै सिलसिलामा कोरोना महामारीभन्दा केहीअघि चीन पुग्दा उहाँले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको महसुस गरेपछि यसको व्यावसायिक उत्पादन सुरु गरेको बताउनुहुन्छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी बनाउन छलफल
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा बाध्यकारी व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याएका छन् । कोषले जसरी वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध गराउने बाध्यकारी व्यवस्था गरेको छ, त्यसै गरी औपचारिक, अनौपचारिक र स्वरोजगारका श्रमिकलाई कोषको योजनामा आबद्ध नभएसम्म व्यवसाय दर्ता, नवीकरण, सरकारी कार्यालयबाट पाउने अन्य सुविधाबाट वञ्चित नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सक्दैन ।
पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित
मुलुकमा सेवा र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडिआई) स्वीकृत भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सुरुदेखि हालसम्म विदेशी लगानी धेरै स्वीकृत भएका उद्योगमा पर्यटन र सेवामूलक उद्योग रहेका छन् । सर्वेक्षण अनुसार सुरुदेखि हालसम्म छ हजार १११ उद्योगमा चार खर्ब ७८ अर्ब ८५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएकोमा सबैभन्दा धेरै दुई हजार ६४ वटा पर्यटन उद्योगमा एक खर्ब सात अर्ब ४५ करोड रुपियाँ प्रस्ताव आएको छ ।
क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग
नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक
नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताउनुभएको छ ।
काँकरभिट्टा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा
नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ ।
सबैखाले जग्गाको नक्साङ्कन अभिलेखीकरण अद्यावधिक गर्नुस् : लेखा समिति
सार्वजनिक लेखा समितिले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गर्न निर्देश गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।