• २९ पुस २०८१, सोमबार

माघेसङ्क्रान्तिको कृषि उपज : कन्दमूलको कारोबार र मूल्य दुवै बढ्यो

blog

काठमाडौँ, पुस २९ गते । माघेसङ्क्रान्तिमा बढी खपत हुुने कन्दमूल (तरुल, पिँडालुु, सखरखण्ड) को कारोबारसँगै मूल्य पनि बढेको छ । उपत्यकाका बजारमा तरुल, पिँडालुु, सखरखण्डको कारोबारसँगै मूल्य पनि बढेको हो । 

गत वर्ष औसत मूल्य प्रतिकेजी ७० रुपियाँ रहेको तरुल अहिले प्रतिकेजी औसत १३० रुपियाँ पर्छ । यस्तै पिँडालुु प्रतिकेजी औसत मूल्य ६० रुपियाँ रहेकामा अहिले एक सय रुपियाँ  छ । सखरखण्ड प्रतिकेजी औसत मूल्य ७० रुपियाँ रहेकामा अहिले ८० रुपियाँ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो पुुसभरको औसत मूल्य हो । 

माघेसङ्क्रान्ति आउन एकदिन मात्रै बाँकी रहँदा देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा यी कन्दमूल किन्ने उपभोक्ताको भिड बढेको छ । पुुस लागेदेखि नै यस बजारमा त्यस्ता सामग्री भित्रिन थालेका छन् । व्यापारीले उपत्यकाका बजारमा देशका विभिन्न ठाउँबाट तरुललगायतका कन्दमूल ल्याएका हुुन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार पुस १ गतेदेखि २८ गतेसम्म १४ लाख २८ हजार ५३८ तरुल, चार लाख ९४ हजार १०६ केजी पिँडालुु, पाँच लाख ३१ हजार २८३ केजी सखरखण्ड गरी कुल २४ लाख ५४ हजार ८७ केजी कन्दमूल भित्रिएको छ । 

पछिल्लो साता २२ गतेदेखि २८ गतेका बिचमा मात्रै कालीमाटीमा पाँच लाख ९४ हजार ९५० केजी, पुुसको तेस्रो साता १५ गतेदेखि २१ गतेसम्म एक लाख ८४ हजार ५६० केजी, दोस्रो साता एक लाख १५ हजार ९२५ केजी र पुसको पहिलो साता एक लाख ६६ हजार ८१४ केजी तरुल भित्रिएको छ । 

समितिका अनुसार गत वर्षको पुससम्म कालीमाटी बजारमा १३ लाख ४६ हजार ११२ केजी तरुल, एक लाख १७ हजार ६७३ केजी पिँडालुु र दुुई लाख ७५ हजार ६३२ केजी सखरखण्ड भित्रिएको थियो । गत वर्षभर कालीमाटीमा २८ लाख २८ हजार ८७९ केजी तरुल, नौ लाख ३६ हजार ७४६ केजी पिँडालुु, १० लाख, ३० हजार दुई सय केजी गरी कुल ४७ लाख ९५ हजार ९४९ केजी कन्दमूल भित्रिएको समितिले जनाएको छ । 

समितिका प्रवक्ता विनय श्रेष्ठले तरुल गत वर्षभन्दा कम आयात भएकाले मूल्य बढेको जानकारी दिनुुभयो । बजारमा अहिलेसम्म तराई र पहाडी जिल्लाबाट पनि तरुल आइरहेको र पहाडबाट आउने तरुल महँगो भएकाले अधिकांश उपभोक्ताको रोजाइ तराईबाट आउने तरुलमै रहेको पनि उहाँले जानकारी दिनुुभयो । 

उहाँका अनुसार बजारमा अहिलेसम्म तराईका जिल्लाबाट आउने घर तरुल, हात्तीपाइले र फाट्टफुट्ट रूपमा सिमल तरुल आएको छ । वन तरुल, पताले तरुल, पहाडको घर तरुल भने बजारमा थोरै मात्रै भित्रिएको सूचना अधिकारी श्रेष्ठले बताउनुुभयो । 

समितिका अनुसार कालीमाटी बजारमा भित्रिएको तरुलका आधारमा समितिले आइतबार तोकेको तरुलको मूल्य वन तरुल प्रतिकेजी दुई सयदेखि २२० रुपियाँ, हात्तीपाइले÷घर तरुल १६० रुपियाँ, इस्कुसको जरा प्रतिकेजी १९० रुपियाँ, रातो पताले १९० रुपियाँ, सिमल तरुल १५० रुपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।