तयार हुँदै कर्णाली कृषि विकास रणनीति
कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ ।
‘लगानीको वातावरण बनाउँदै छौँ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा लगानीको वातावरण बनाउन पहल भइरहेको बताउनुभएको छ ।
रोकिन थाल्यो सिमेन्ट निर्यात
भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।
रोजगारीमा बढेन आकर्षण
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत भएका बेरोजगार युवाको सङ्ख्या आठ लाखको हाराहारी रहेकामा चालु आर्थिक वर्ष २०८१/८२ को करिब पाँच महिनामा एक हजार १३८ मात्रै रोजगारीमा आबद्ध भएका छन् ।
छिटो कोरिया पठाइदिन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान भिसा प्राप्त श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
धान खेतीको क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
हस्तकलाले बदलियो माछा मार्ने पेसा
बर्दियाको राजापुर नगरपालिका–३ की सिताबी थारूलाई हिजोआज कर्णाली नदीमा माछा मार्ने समयमा घरमै हस्तकला सामग्री बनाउन भ्याइनभ्याइ छ ।
‘फ्लाई ओभर’ अन्ततः ‘ओभर पास’
ललितपुरको ग्वार्को क्षेत्रको यातायात सहजीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथमा निर्माणाधीन भौतिक संरचना ‘फ्लाई ओभर’ नभई ‘ओभर पास’ रहेको खुलासा भएको छ ।
१० वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन सम्भव
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र–२०८१’ सार्वजनिक गर्नुभएको छ ।
टीकापुरमा सम्भावनाको ढोका खुलेको छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ ।
चालु आवको त्रैमासिक आर्थिक वृद्धि ३.४ प्रतिशत
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धिदर (जिडिपी) ३.४ प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक असरले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो ।
शिलान्यासमै सीमित मयूरधाप औद्योगिक क्षेत्र
सङ्घीय सरकारको आयोजनामा मयूरधाप औद्योगिक क्षेत्र शिलान्यासमा नै सीमित छ । औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको करिब नौ वर्ष र शिलान्यास गरिएको चार वर्ष हुँदासमेत निर्माण कार्य सुरु हुन सकेको छैन ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, पुस २५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
स्याउ र ओखरको क्षेत्र विस्तार गरिँदै
कर्णाली प्रदेश सरकारले स्याउ तथा ओखरको उत्पादन बढाउन क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय स्याउ तथा ओखर उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस वर्ष प्र
अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन सुझाव
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेस गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउनु भएको हो।
विद्युत क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ।
नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो ।
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
लघु, घरेलु तथा साना उद्योग प्रवर्धन नीति कार्यान्वयन
सरकारले लुघ, घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्र्धन नीति, २०८१ कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले दे
चितवनमा तोरीखेती बढ्यो
भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो ।