कर्णालीमा पचहत्तर अर्बभन्दा बढी निक्षेप
कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०-८१ मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढेर ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलरको मूल्य उकालो
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।
माघ सांस्कृतिक महोत्सव सुरु
दाङको घोराहीमा शुक्रबारदेखि माघ सांस्कृतिक महोत्सव सुरु भएको छ ।
सेरामिक इन्डस्ट्रिज प्रथम
बुटवलमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा सहभागी पाँच सय स्टलमध्ये नेपाल सेरामिक इन्डस्ट्रिज प्रालि प्रथम भएको छ ।
तरुल खन्ने चटारो
तरुलको व्यावसायिक खेती हुने सर्लाहीको बागमतीमा धमाधम तरुल खन्न सुरु गरिएको छ ।
विदेश छाडेर पशुपालनमा रमाउँदै दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
निक्षेप फिर्ता गर्दै समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्क
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कले निक्षेप फिर्ता गर्न थालेको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ ।
बढ्न थाल्यो अलैँचीको मूल्य
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ।
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताउनुभएको छ ।
चार लाखले गरे अवलोकन, २५ करोडको कारोबार
बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोवार भएको आयोजकले जनाएको छ ।
सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।
व्यवसायी माथि कडाई पछि उखु किसानलाई समयमै भुक्तानी
चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।
मिलेमतोमा बढाइयो चिनीको मूल्य
ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।
मह उत्पादन वृद्धि
पछिल्ला वर्ष डोटी जिल्लामा मह उत्पादन बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको महको बजारसम्म सहज पहुँचसँगै मौरीपालक कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादन बढ्न थालेको हो ।
सिस्नोले बनायो आत्मनिर्भर
त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
ग्लोबल आइएमईको उपहार
ग्लोबल आइएमई बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बैङ्कको फोन पे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टलाई लक्षित गरी क्यास ब्याक, स्मार्ट फोन र एक लाख रुपियाँको मुद्दती निक्षेप जित्ने उपहार योजना सार्वजनिक गरेको छ
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
बजेट सुनिश्चित नभएका ठेक्का खारेज गर्न माग
नेपाल निर्माण व्यवसायी महासङ्घले स्रोतबिनाका ठेक्का तत्काल खारेज गर्न माग गरेको छ ।
कालोसूचीमा बाह्र वटा निर्माण कम्पनी
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।