• २१ पुस २०८१, आइतबार

ग्लोबल आइएमईको उपहार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १९ गते । ग्लोबल आइएमई बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बैङ्कको फोन पे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टलाई लक्षित गरी क्यास ब्याक, स्मार्ट फोन र एक लाख रुपियाँको मुद्दती निक्षेप जित्ने उपहार योजना सार्वजनिक गरेको छ । यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ गते शुक्रबारसम्म सञ्चालन हुने बैङ्कले जनाएको छ । 

उपहार योजना अन्तर्गत ग्लोबल आइएमई बैङ्कमा आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टले १८० रुपियाँ वा सोभन्दा बढी रुपियाँको भुक्तानी फोन पे क्युआर कोडमार्फत प्राप्त गर्दा १८० रुपियाँ क्यास ब्याक प्राप्त गर्ने बैङ्कले जनाएको छ ।