सुनको मूल्य निरन्तर उकालोतिर
स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।
पाँच महिला उद्यमी पुरस्कृत
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँच जना उद्यमी महिलालाई ‘राष्ट्रपति महिला समुन्नति महिला उद्यमी पुरस्कार’ प्रदान गरेको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्रालयले बुधबार राजधानीमा आयोजित कार्यक्रममा महिला उद्यमीलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
विराटनगरमा श्रमाधान रोजगार मेला
सरकारले बिहीबारदेखि कोशी प्रदेशको विराटनगरबाट श्रमाधान रोजगार मेला सुरु गर्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा सुरु हुने सो मेला यही १७ गते बिहीबार कोशी प्रदेशको विराटनगरबाट सुरु भई ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने जनाइएको छ ।
नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु
महिला र युवालाई लक्षित गरी हेटौँडामा बुधबारबाट नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु भएको छ । बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडा, उद्योग सङ्घ मकवानपुर, महिला उद्यमी फोरम र एआइएम स्टार्टअफ बिजनेस इन्क्यिुवेसन सेन्टरको संयुक्त आयोजनामा भएको सम्मेलनमा डिजिटल मार्केटिङ, नवउद्यम प्रवर्तनका लागि सरकारी नीति तथा पहल र उद्यमका लागि एआईका बारेमा छलफल हुने छ । यस्तै स्टार्टअप र उद्यममा महिला सहभागिता तथा स्टार्टअपका चुनौतीका बारेमा सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ ।
बजेटमा सरकारका केही नयाँ कार्यक्रम
कृषि क्षेत्रको रूपान्तरण ऊर्जा क्षेत्रको विकास प्रर्यटन प्रवर्धन र उद्यमशीलता र औद्योगिक विकासमा रूपान्तरणको ध्येयसहित सरकारले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्ने भएको छ । उच्चदरको आर्थिक वृद्धि, एकीकृत आर्थिक कोरिडोर विकास डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न सरकारले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार कार्यक्रम नै अघि सारेको देखिन्छ ।
आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य
सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र नागरिकमा नयाँ उत्साह पैदा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बजेटले निर्माणाधीन ठुला आयोजनालाई पूरा गर्ने उद्देश्य राखेकाले नयाँ आयोजना यस पटक समावेश गरेको छैन ।
बिमा र उखुको अनुदान बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषिको बजेट घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गर्नुभएको आगामी आव २०८१/८२ को बजेट अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरेको छ । चालु आवको तुलनामा आगामी आवमा एक अर्ब ६९ करोड बजेट कम दिएको छ । चालु आवका लागि ५८ अर्ब ९८ करोड रुपियाँ विनियोजन गरेको थियो । अगामी आवको बजेटमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड विनियोजन गरेको छ । यो परियोजनाको बजेट पनि घटाएको छ । चालु आवका लागि तीन अर्ब २२ करोड छुट्याइएको थियो ।
कृषिमा लगानी दशक घोषणा
अर्थमन्त्री वर्षमान पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई ‘कृषिमा लगानी दशक’ वर्ष घोषणा गर्नुभएको छ । भूगोल, बजार सम्भाव्यता एवं पारिस्थितिकीय विशिष्टता अनुकूल सङ्घ, प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्धन गरिने उहाँले बताउनुभयो । मङ्गलबार आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै कृषि उपज सङ्कलन, प्रशोधन र निर्यात गर्ने फर्मले स्थानीय कृषकलाई आवश्यक पर्ने मल, बिउ तथा अन्य सामग्री प्रदान गरी कृषि उत्पादन खरिद गर्ने सुनिश्चित गरेमा उत्पादित उपजको परिमाणका आधारमा मल, बिउ, कृषि प्रसार सेवा र कर्जामा ब्याज अनुदान प्रदान गर्ने मन्त्री पुनले बताउनुभयो ।
ठुला र जलाशययुक्त आयोजना प्राथमिकतामा
ठुला र जलाशययुक्त आयोजनालाई निर्माणमा प्रवेश गराउने उद्घोषसहित सरकारले मङ्गलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । समग्र ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपियाँ विनियोजनसहित अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आवमा बहुचर्चित दुधकोशी, नलसिंहगाड, माथिल्लो तामाकोशी जस्ता आयोजना निर्माणको चरणमा प्रवेश गराउने योजना बजेटमा राखिएको छ ।
बजेट सन्तुलित छ
डा. प्रकाशशरण महत पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य बजेटले धेरै विषय छोएको छ तर परिणाम नआउने देखिन्छ । आन्तरिक ऋण बढाइएको छ । वैदेशिक सहयोग देखाउने ठाउँ भएन । राजस्व अत्यधिक उठाउने भनिएको छ । बजेट निर्माण प्रक्रिया सुधार गर्ने भनिएको छ तर सुधारका केही कार्यक्रम उल्लेख छैन । बजेटमार्फत विकास योजनामा कनिका छर्ने विषयमा मौन छ । हामीले तीन करोडभन्दा मुनिको योजना सङ्घले नहेर्ने भनेर सीमा तोकेका थियौँ । उहाँहरूले तिलाञ्जली दिनुभएको छ । सुधारको बाटोमा जाँदै छौँ भन्नुभएको थियो तर प्रस्थान के हुने के गर्ने केही उल्लेख छैन । निर्माणाधीन आयोजना के गर्ने विषयमा मौन छ । विनियोजन कहाँ कहाँ कसरी भएको छ आइसकेपछि थप स्पष्ट हुन्छ ।
उत्पादकत्व र रोजगारी वृद्धिमा सघाउने बजेट
सरकारले उत्पादकत्व र रोजगारी वृद्धि गरी आमनागरिकको विश्वास बढाउने नीति लिँदै बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ को बराबरको बजेटलाई नै निरन्तरता दिएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आन्तरिक रोजगारीमा चालु आवकै बजेटमा निरन्तरता दिने गरी बजेट प्रस्तुत गर्नुुभएको हो । चालुु आवमा श्रम रोजगारीका लागि आठ अर्ब आठ करोड विनियोजन गरिएकोमा आगामी आवका लागि आठ अर्ब १० करोड रुपियाँ विनियोजन भएको छ ।
सहकारी संस्था नियमन गर्न छुट्टै नियामक निकाय
लामो समयदेखि नियमन र सुपरिवेक्षणबिच अभावको खाडल ठुलो हुँदै गएर समस्याको भुमरीमा फस्दै गएको सहकारी क्षेत्रलाई सरकारले सम्बोधन गर्न सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ । साथै बजेट वक्तव्यमा बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिनुका साथै बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गरिने जनाइएको छ ।
यथार्थपरक र संयमित बजेट
आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट (आयव्यय अनुमान) प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ६.२ प्रतिशत ठुलो बजेट प्रस्तुत गर्नुभएको हो । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।
पच्चिस सयको झोलामा बजेट
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद् सचिवालय नयाँबानेश्वर पुग्नुभएका अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य पुस्तिका राख्न प्रयोग गर्नुभएको झोलाले धेरैको ध्यान खिच्यो । यसअघिका अर्थमन्त्रीले विदेशमा प्रचलनमा रहेको ‘ब्रिफकेस’ मा बजेट वक्तव्य राखेर लैजाने गरेकामा यस पटक अर्थमन्त्री पुनले नेपाली झोलाको प्रयोग गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस : आरोहणमा कीर्तिमानै कीर्तिमान
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।
सबैभन्दा बढी बजेट शिक्षामा, सञ्चार तर्फ ७ अर्ब ३५ करोड
आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोडको बजेट अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकबाट मंगलबार गर्नुभयो । सो बजेटमा शिक्षातर्फ सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ छुट्याइएको छ ।
सरकारले घरेलु मदिरा ब्राण्डिङको कानुनी व्यवस्था मिलाउने
सरकारले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्रीका लागि कानुनी व्यवस्था मिलाइने बताएको छ। संघीय संसदमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
खर्च कटौतीमा सरकारका योजना : अनावश्यक कार्यालय गाभ्ने, विदेश भ्रमण निरुत्साहन गर्ने
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमार्फत सरकारले खर्च कटौतीका विभिन्न योजना अघि सारेको छ । सार्वजनिक खर्च बढ्दा बजेटको स्रोतमा चाप परेको भन्दै हरेक वर्ष आलोचना हुने गरेको छ ।
बजेटमा बढेन तलब र सामाजिक सुरक्षा भत्ता
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। गत वर्ष जस्तै बजेटले राष्ट्रसेवक कर्मचारीको विषय र सामाजिक सुरक्षा भत्ताको विषयलाई छुन सकेन।
बजेट ठिक दिशातर्फ उन्मुख छ : उपाध्यक्ष डा.वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिक रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच
सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
पुराना आयोजना अलपत्र हुने बजेट आयो : प्रकाशशरण महत
नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताउनुभएको छ।
स्मार्ट ट्राफिक लाइट जडान
सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ ।
स्वास्थ्यमा ४.६४ प्रतिशत बजेट : कुन शीर्षकमा कति ?
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल बजेटको ४.६४ अर्थात ८६ अर्ब २४ करोड विनियोजन गरेको गरेको छ।