राष्ट्रिय बाणिज्य बैंकको उपहार योजना घोषणा
राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको उपहार योजना घोषणा गरेको छ । यस योजनाबाट ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्ने छन् ।
पोखरामा चौथो अन्तर्राष्ट्रिय चार्टर उडान
चिनियाँ वायु सेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चौथो चार्टर उडान गरेको छ ।
सिन्डिकेट अन्त्य गर्न माग
नेपाल मेडिकल व्यवसायी सङ्घ (नेमो) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गुणस्तर सुनिश्चित गर्दै यस क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरिनुपर्ने माग गरेको छ ।
प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य गर्न गर्न निषेध गरिएको छ ।
स्टार्टअप कर्जाको छनोट प्रक्रिया सुरु
नवीनतम ज्ञान, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न गराउने उद्देश्यसहित सरकारले उपलब्ध गराउन लागेको स्टार्टअप कर्जाका लागि प्राप्त आवेदनको छनोट प्रक्रिया सुरु भएको छ ।
मारमा दुग्ध किसान
आफूहरूले बिक्री गरेको दुधको मूल्य नपाउँदा कोशी प्रदेशका किसान समस्यामा पर्न थालेका छन् ।
स्थानीय गोलभेँडा पर्याप्त
सर्लाहीका किसानले उत्पादन गरेको स्थानीय (लोकल) जातको गोलभेँडा प्रशस्त मात्रामा बजार भित्रिन थालेको छ ।
शतप्रतिशत हकप्रद सेयर
दोलखामा सञ्चालित कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ ।
चेम्बर एक्स्पो माघ १७ देखि
नेपाल चेम्बर अफ कमर्सले आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गर्ने भएको छ । आगामी माघ १७ देखि २१ गतेसम्म काठमाडौँमा चेम्बर एक्स्पो हुन लागेको चेम्बरले जनाएको छ ।
कमजोर बजेट कार्यान्वयन, बाह्र प्रतिशतभन्दा कम खर्च
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा कुल बजेटको १२ प्रतिशतभन्दा कम खर्च भएको छ ।
सौराहामा हात्ती महोत्सव
चितवन हात्ती महोत्सव सौराहामा सुरु भएको छ ।
ओखर खेती लगाउने विधि सिक्दै
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेती सम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन् ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
मेघौलीमा राष्ट्रिय खाना महोत्सव हुँदै
भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सवको अवसर पारेर पश्चिम चितवनको मेघौलीमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ ।
तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढ्दै
पछिल्लो समय तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेको छ ।
आफू होइन, विदेश जान्छ सूर्यविक्रमको मर्चा
हाम्रा परम्परागत ज्ञान र सिपको सदुपयोग गर्न सके त्यसले जीविकोपार्जन मात्र होइन व्यवसायकै रूप दिन्छ भन्ने उदाहरण मोरङको उर्लाबारी–६ का एक युवाको कार्य बनेको छ ।
पाँच वस्तुले बढायो निर्यात व्यापार
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा निर्यातमा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ ।
खुला आरोहण प्रतियोगिता हुँदै
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने भएको छ ।
कर्णाली डेभलपमेन्ट बैङ्क समस्याग्रस्त
नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ ।
प्रदेशसँग सहकार्य गर्दै लगानी बोर्ड
लगानी बोर्डले दिगो विकासका लागि प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक निजी साझेदारी मोडेलमा सहकार्य गर्न खोजिरहेको छ ।
चाँडै भुक्तानी पाउने लोभमा ठगिँदै उखु किसान
सरकारले प्रतिक्विन्टल उखुको न्यूनतम खरिद मूल्य ६५५ रुपियाँ तोकेको छ ।
रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक
रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ ।
चितवनमा भोलिदेखि ‘मह उत्सव’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बुधबार पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।