• २० पुस २०८१, शनिबार

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, पुस १७ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपियाँ ९० पैसा र बिक्रीदर ८५ रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ०७ पैसा र बिक्रीदर ९५ रुपियाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ७२ पैसा र बिक्रीदर आठ रुपियाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७३ पैसा र बिक्रीदर १८ रुपियाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७० पैसा र बिक्रीदर ३० रुपियाँ ७० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४३ पैसा र बिक्रीदर १२ रुपियाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपियाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपियाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपियाँ ०२ पैसा र बिक्रीदर तीन सय ५६ रुपियाँ ५८ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । रासस