• २१ पुस २०८१, आइतबार

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १८ गते । सरकारले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को आयोजना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो फागुन १६ र १७ गते काठमाडौँमा सो सम्मेलनको आयोजना गर्ने जानकारी छ । 

श्रम सचिव एवं सो सम्मेलनका मूल समिति संयोजक मुकुन्द्रप्रसाद मैनालीले हाल नेपालको श्रम तथा रोजगार क्षेत्रमा सङ्कुचन आएको र सुधारका लागि छलफल गर्ने उद्देश्यले यस प्रकारको सम्मेलन गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

मन्त्रालयले २०५४ यता चार वटा राष्ट्रियस्तरका श्रम तथा रोजगार सम्मेलन गरिसकेको मन्त्रालयले विगतमा सम्पन्न भएका सम्मेलनका कमीकमजोरीबाट सिक्दै आउँदो सम्मेलनलाई उपलब्धिपूर्ण बनाउने गरी तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सहसचिव डण्डुराज घिमिरले सम्मेलनको प्रमुख उद्देश्य श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तरतह/अन्तरनिकाय समन्वय र सहकार्य स्थापना गर्ने रहेको जानकारी दिनुभयो ।