• २५ पुस २०८१, बिहिबार

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल

blog

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषकाका पदाधिकारीहरु छलफल गर्नुहुँदै । तस्विरः मन्त्रीको सचिवालय

काठमाडौं, पुस २४ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।

अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरुलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरु अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकताअनुसार अघि बढाउने बताउनभुयो । 


अर्थमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गर्नुभयो ।  

सर्वत जहानको नेतृत्वको अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले विगतका सुधारको कार्यक्रमहरुको समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।