नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि
मङ्गलबार उच्च अङ्कले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । आज नेप्से सूचक २३.८३ अङ्कले बढेर २१११.९९ बिन्दुमा पुगेको छ ।
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अभियान
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आगामी चार वर्षभित्र २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राजधानीमा साउन ७ देखि १० गतेसम्म सञ्चालित जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले सो घोषणा गरेको हो । महाधिवेशनले वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका श्रमिक गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिनेछ र यसका लागि अहिलेबाटै अभियान सञ्चालन गर्ने जनाएको छ ।
आयात घटाउन उच्चस्तरीय समिति
बढ्दो आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न सुझाव दिनेगरी सरकारले उच्चस्तरीय सुझाव तथा अध्ययन समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा गठन हुने सो समितिले आयात घटाउन सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेस गर्नेछ । मन्त्रिपरिषद्को सोमबारको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
अर्गानिक मलको प्रेरणाको स्रोत सन्तोष
रासायनिक मल प्रयोगले मात्र बढी उत्पादन दिने सोचाइलाई गलत साबित गरेको छ । रासायनिक मलको वैकल्पिक अर्गानिक मल बनाएर प्रयोग गरिरहनुभएको रुपनी गाउँपालिकाका सन्तोषकुमार यादवलाई उत्पादन पनि अत्यधिक भइरहेको छ । उहाँ अर्गानिक मल प्रयोग र उत्पादनका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
पचास अर्ब रुपियाँको चामल र मकै आयात
कृषिप्रधान मुुलुुकले एक वर्षमा आधा खर्ब रुपियाँबराबरको चामल र मकैमात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ५० अर्ब रुपियाँको चामल, मकै आयात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपियाँको चामल, मकै आयात भएको छ । आव २०७७/७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपियाँको आयात भएको थियो ।
रुग्ण उद्योग अध्ययन गरिने
सरकारले देशभरका नौवटा रुग्ण उद्योग सञ्चालनमा ल्याउन आवश्यक अध्ययन सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनका लागि अध्ययन सँगसँगै कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । आपूर्ति मन्त्रालयलका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा रुग्ण उद्योग अध्ययन तथा सञ्चालन कार्यविधि समिति गठन गरिएको छ ।
भैरहवामा आज पहिलो चार्टर उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज (बुधबार) अवतरण हुन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उक्त जहाज १२ः१५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले गिरावट आएको छ । आज नेप्से सूचक ४४.८० अङ्कले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अङ्कले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अङ्क घटेको छ ।
नाडा अटो स्थगित
सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।
उद्योगमा अर्बौंको लगानी
दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा साढे तीन अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा तीन अर्ब ५२ करोड ९३ लाख लगानी थपिएको हो । यो घरेलु तथा साना उद्योग कार्यालय दाङमा एक वर्षको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगको लगानी हो ।
मौद्रिक नीतिले तरलतामा दबाब सिर्जना गर्ने
नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिले आठ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको बताएको छ । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले गत वर्षभन्दा करिब ७ प्रतिशत बिन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको बजारबाट तरलता प्रशोचन गर्ने र उपभोग न्यूनीकरण गरी कर्जाको ब्याजदर बढाउने नीति लिएको महासङ्घको धारणा छ ।
११२ किलोवाट विद्युुत् उत्पादन सुुरु
ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् ।
सिद्धार्थ बैङ्क सम्मानित
सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष सन् २०२०÷२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सो अवार्ड प्रदान गरेको हो ।
सूचीकरणको प्रतीक्षामा किसान पेन्सन परियोजना
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान पेन्सन परियोजनाका लागि प्रक्रिया सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि नै किसानलाई पेन्सन दिने गरी प्रक्रिया अगाडि बढेको कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले बताउनुभयो ।
विश्वकप फुटबलका लागि मौसमी श्रमिक पठाइँदै
नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता हुन गइरहेको छ ।
बजेटकै हाराहारीमा व्यापार घाटा
देशमा एक वर्षको अवधिमा आयात र निर्यात दुवै बढेर नयाँ रेकर्ड कायम गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यो वर्ष २४.७२ प्रतिशतले आयातमा वृद्धि भएको हो । अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपियाँको आयात भएको थियो ।
हाइड्रोजन र युरिया उत्पादन सम्भव
सरकारले नीतिगत व्यवस्थापन र अख्तियारी प्रदान गर्ने हो भने नेपालमै तीन वर्षभित्र युरिया उत्पादन थाल्न सम्भव हुने देखिएको छ । नेपालकै बिजुली प्रयोग गरेर नेपालमा हाइड्रोजन र रासायनिक मल उत्पादनबारे अध्ययन गर्न गठित समितिले अध्ययन प्रतिवेदनमा यो सम्भव देखाएको हो ।
बाल श्रमिकबाट उद्योग सञ्चालक भएका मौर्या
कपिलवस्तु शिवराज नगरपालिका –४ का सोमनाथ मौर्या १३ वर्षको उमेरमा झोला उद्योगका श्रमिक हुनुहुन्थ्यो । विपन्न परिवारका मौर्या रोजगारको सिलसिलामा बाल श्रमिक बन्न भारत पुग्नुभएको थियो । अहिले आफ्नै उद्योगको मालिक बन्न सफल हुनुभएको छ ।
कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : महेश बस्नेत
नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको छ ।
मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर
नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो ।
राष्ट्रिय प्राङ्गारिक भेला हुने
प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय प्राङ्गारिक भेला आयोजना हुने भएको छ । त्यसको तयारीका लागि १९ सदस्यीय राष्ट्रिय प्राङ्गारिक भेला तयारी समिति गठन गरिएको छ । अर्गानिक सर्टिफिकेसन नेपालले एक कार्यक्रमको आयोजना गरी सो समिति गठन गरेको सर्टिफिकेसन नेपालका अध्यक्ष वसन्त रानाभाटले जानकारी दिनुभयो । प्राङ्गारिक कृषिमा संलग्न सम्पूर्ण सरोकारवालाको राष्ट्रिय सञ्जालको आवश्यकता महसुस गर्दै यो भेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय प्राङ्गारिक भेला दुई महिनाभित्र गर्ने योजना छ । यसको तयारी समितिले गर्नेछ ।”
विद्युत्को बक्यौता रकम बहत्तर करोड
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रको विद्युत् बक्यौता ७२ करोड २८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड रहेकामा गत आर्थिक वर्ष २०७८/७९ मा सात करोड बक्यौता थपिएको हो । विद्युत् बक्यौता घटाउने लक्ष्य राखिए पनि बर्सेनि बढ्दै गएको छ । विराटनगर महानगरपालिका, कटहरी, जहदा, ग्रामथान र बूढीगङ्गा गाउँपालिका सेवा क्षेत्र रहेको कार्यालय मातहत ७७ हजार ७७७ ग्राहक रहेका छन् ।
दराज महाबचत बजार
दराज कम्पनीले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भएकोे घोषणा गरेको छ । ग्राहकलाई दराजमा किनमेल गर्दा ६० प्रतिशतसम्म छुट र अनलाइन प्री पेमेन्टमा एक हजार पाँच सय छुटको व्यवस्था गरेको छ । सो सेवा आइतबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । डेबिट कार्डबाट प्री पेमेन्ट गरेमा १० प्रतिशत र क्रेडिट कार्डबाट प्री पेमेन्ट गरेमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
लोकोन्याभ बजारमा
सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पु-याउने गरेको प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनुभयो ।