• ३ साउन २०८१, बिहिबार

११२ किलोवाट विद्युुत् उत्पादन सुुरु

blog

हुुम्ला समाचारदाता

हुुम्ला, साउन १० गते । ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् । 

योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लीला राईले बताउनुभयो । ११२ किलोवाट विद्युत् उत्पादन क्षमताको योजनाको काम सम्पन्न भएर सेवाग्राहीका घरघरमा विद्युत् बलेको उहाँले जनाउनुभयो । 

अब सेवाग्राहीले यसअघिको सोलार टुकी वा दियालो बाल्नुुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् । यसबाट उक्त गाउँपालिकाका ३, ४ र ५ नम्बर वडाका ९०२ घरधुुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । उहाँले योजनाका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपियाँ काँधुरी संस्थाले बेहोरेको र स्थानीय उपभोक्ताले दुई करोड ५५ लाख नौ हजार ६० रुपियाँ बराबरको श्रमदान गरेको जानकारी दिनुभयो । इन्चार्ज राईलगायत १८ जना कामदार उक्त आयोजना सम्पन्न गर्न रातदिन खटिएका थिए । 

संस्थाले विद्युत् योजनाको निर्माण पूरा गरेर सञ्चालनमा आएपछि समितिको जिम्मा लगाएर बिदा भएको छ । स्थानीय जयरुद्र ढकालले लघुु जलविद्युुत् योजनाको सम्पूर्ण काम एकसाथ सुुरु भएको बताउनुुभयो ।