एक अर्ब बिस करोड रुपियाँ पुनर्कर्जा लगानी
चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तमा एक अर्ब २० करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९५ अर्ब ६२ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
तिहारमा पैँतिस लाख सयपत्री माला खपत हुने
यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका छन् । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण यसपालि मालाको मूल्यसमेत बढ्ने भएको छ ।
सकारात्मक कुराको सम्प्रेषणका लागि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण : मन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सवमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ ।
अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री डा.महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
मसलाको आयात घट्यो, मूल्य बढ्यो
यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपियाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छ ।
सुन्तला उत्पादन बढ्यो
नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी बताउँछन् ।
समस्या बन्दै औद्योगिक ग्राम
स्थानीय घरेलु उद्योगलाई एकत्रित गरी सञ्चालन गर्ने उद्देश्यले धनकुटामा आवश्यक संरचना निर्माण गरेको तीन/चार वर्ष बितेको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर २०७५ सालमा औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न गरी सञ्चालनको तयारी गरियो । अहिले यहाँ दुई चरणमा गरी १४ करोड बढी रकम खर्च गरी २७ ब्लक निर्माण भएका छन् ।
तिहारमा चिनी सहज हुने
नजिकिँदै गरेको तिहारमा चिनी सहज हुने भएको छ । शुक्रबारबाट नेपालकै चिनी उद्योगबाट उपत्यकामा चिनी भित्रिन थालिसकेकाले नै उपत्यकाको बजारमा सहज चिनी पाइने भएको हो । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयका अनुसार तिहारको समयमा चिनी अभाव हुन नदिन एभरेस्ट सुगर मिलमा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी शुक्रबारदेखि उपत्यकाको बजारमा आउन थालिसकेको छ । मन्त्रालयको पहलमा विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी आपूर्ति मन्त्रालयको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घमा आबद्ध व्यापारीमार्फत बजारमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
भन्सार राजस्व असुलीमा कमी
कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
प्राधिकरणले ६५ लाख बक्यौता रकम उठायो
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्ममा ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्य आम्दानी
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित ।
सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती
हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।
चाडपर्वको समयमा रगत पाउन मुस्किल
चाडपर्वकै समय काठमाडौं उपत्यकालगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुँनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नवनाउदाँ रगतको अभाव भएको पाइएको हो ।
अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।
उदार सहयोग आवश्यक छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विद्यमान आर्थिक, वातावरणीय तथा सामाजिक समस्या निराकरणमा उदारतापूर्वक सहायता उपलब्ध गराउन दातृ निकायहरूलाई आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालय र विश्व बैङ्कले बिहीबार आयोजना गरेको उच्चस्तरीय अन्तव्रिर्mया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको आवश्यकता, वस्तुस्थिति र क्षमता हेरेर समृद्धिका लागि उदारपूर्वक सहयोग उपलब्ध हुनुपर्ने बताउनुभएको हो ।
फापर खेती घट्यो
लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ ।
धुलिखेलबाट दश क्विन्टल चिनी बरामद
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।
एमसिसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता
अमेरिकाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताउनुभएको छ ।
कोरिया र नेपालबिच कृषि विकासका लागि सम्झौता
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गणतन्त्र कोरियाको कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालयबिच कृषिका विभिन्न विषयमा सहकार्य गर्ने आठबुँदे सम्झौता भएको छ । सिंहदरबारस्थित कृषि मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा दुई देशको कृषि मन्त्रालयबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट कृषिमन्त्री डा. वेदुराम भुसाल र कोरियाका तर्फबाट कृषिमन्त्री चुङ ह्वाङ क्वुनले हस्ताक्षर गर्नुभयो ।
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानीकर्ता एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निर्देशक घिसिङसहित एडिबी मनिला हेड क्वाटरबाट रमसे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डाइरेक्टर अर्नर्ड कुस्वा आयोजना स्थल रभुँवामा आउनुभएको हो । आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरू रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो ।
भ्रमण भिसाले ओमानमा काम गर्न नपाइने
मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।