छपन्न प्रतिशतले बढ्यो अलैँची निर्यात
चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो ।
प्रभावित क्षेत्रमा पठाइयो कन्टेनर
सशस्त्र प्रहरी बल नेपालले विपत्को समयमा प्रयोग गरिने पाँच वटा ‘डिजास्टर रिलिफ सिस्टम (डिआरएस)’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई राहतका लागि डिआरएस कन्टेनर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि तीन र ज्वालामाई गण दाङबाट दुई वटा कन्टेनर रुकुमपश्चिमका लागि पठाइएको हो ।
पुष्प मेलामा एक करोड १७ लाखको कारोबार
गत मङ्गलरबादेखि सुरु भएको पुष्प मेलामा एक करोड १७ लाख रुपियाँको कारोबार भएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ ।
साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्नुहुँदै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीलाई राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ ।
१७ सय ग्राहकले बुझाए दुई करोड विद्युत् महसुल बक्यौता
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लाहरूमा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
सामूहिक सयपत्री फूलखेती फस्टाउँदै
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
धान राख्ने बाँसको भकारी
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएका बाँसबाट निर्मित भकारी । परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन ।
पच्चिस प्रतिशतले बढ्यो खाद्यान्न आयात
चालुु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) खाद्यान्न आयात २५.३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख नौ हजार रुपियाँको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २६ करोड २१ लाख दुई हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । चालु आवको पहिलो महिनादेखि नै खाद्यान्न आयात बढ्दै गएको छ । बजारमा खाद्यान्नको माग बढेसँगै आयातमा वृद्धि भएको हो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र खाने बानीमा आएको परिवर्तनका कारण खाद्यान्नको आयात बढ्ने गरेको हो ।
स्थानीय आवश्यकता धान्ने सयपत्री फूल उत्पादन
चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर्ष हुने पुष्प व्यवसायीले जानकारी दिएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति चितवनका सचिव सुलभ श्रेष्ठले जिल्लाको मागलाई यहाँको उत्पादनले पुग्ने बताउनुभयो ।
महँगोमा चिनी बेच्नेलाई कारबाही
सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले शनिबार चिनीको कृत्रिम अभाव सिर्जना गरेर प्रतिकेजी १६० रुपियाँ लिने दुई वटा पसललाई कारबाही गरेको हो ।
अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’
अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।
सिबिफिनद्वारा भूकम्पपीडितका लागि तत्काल १० लाख आर्थिक सहयोग
बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्पपीडितका लागि तत्काल १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।
खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।
मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा
च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ ।
गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन
गण्डकी प्रदेशमा विद्युुत् आपूर्तिको गुुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ ।
बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ ।
आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु, तिहारअघि नै बिक्री गरिने
सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।
संसद्को वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताउनुभएको छ ।
‘अर्थतन्त्र सकारात्मक छ अब आत्मविश्वास बढाऊँ’
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र अधिकांश समस्या समाधानतर्पm लागेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको उल्लेख गर्नुभयो ।
बोयर बाख्रापालनमा रमाएका धन श्रीस
बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीसले १२ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ ।