रोजगारीका लागि युरोप जाने बढे
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।
अजियाटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्छ : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताउनुभएको छ।
एनसेल जस्ता प्रकरण दोहोरिन दिनु हुँदैनः पूर्व अर्थमन्त्री कार्की
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिनु नहुने बताउनुभएको छ।
‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’
एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ ।
चिनीको अभाव केही दिनमै समाधान हुने
बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरी चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।
बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।
उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन
कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी गर्ने गरेको हो ।
पुरानो ल्यान्डफिलमा बन्यो गौशाला
‘पुष्करिणी परोपकार गोकुल धाम’ मा अहिले तीन सयभन्दा बढी गाई छन् । दुई वटा ठुला र दुई साना गोठ छन्, छेउमै गोदाम छ । वरिपरि बिरुवा रोपिएका छन्, चौतारी बनाइँदै छ, साना बाच्छाबाच्छी रमाउँदै दौडिन्छन् । यो रमणीय दृश्य हेर्न टाढा टाढाबाट मान्छे आउँछन् ।
उखु किसानको बाँकी अनुदान अनिश्चित
सर्लाहीका उखु किसानले प्राप्त गर्न बाँकी अनुदान रकम पाउने नपाउने अनिश्चित बनेको छ । अर्थ मन्त्रालयले पूरा रकम निकासा नगर्दा यहाँका किसानले गत वर्ष बिक्री गरेको उखुको ३० प्रतिशत मात्रै अनुदान रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले मन्त्रालयबाट निकासा भएको अधुरो रकम प्रत्येक किसानलाई ३० प्रतिशतका दरले तिहारअघि बैङ्क खातामा पठाइदिएको थियो ।
माटोको शुद्धतामा ध्यान दिन आग्रह
‘माटो र पानी, जीवनको थालनी’ मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम मङ्गलबार १० औँ विश्व माटो दिवस मनाएको छ । माटो दिवसको उपलक्ष्यमा माटो विज्ञान अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा दुई जना किसानलाई सम्मान गरेको छ । कृषिका लागि गुणस्तरीय माटोको प्रयोग गरेको भन्दै दाङका प्रेम चौधरी र रुकुमका कृष्णबहादुर खड्कालाई सम्मान गरिएको हो । विभिन्न जिल्लाबाट तीन हजार ४७५ वटा माटोका नमुना सङ्कलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुवै जनालाई १०/१० हजार नगदसहित सम्मान गरिएको हो ।
लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्न गइरहेको लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने व्यवसायीले प्रतिवद्धता जनाएका छन्।
स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले नेपाल सरकार स्वदेशी उत्पादनको वस्तुलाई सेवामुखी बनाएर रोजगारीलाई बढवा दिन लागेको बताउनुभयो।
एनसेल खरिद–बिक्री अनियमितता : बालुवाटारमा विशेष छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गर्नुभएको छ।
प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत
कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।
पृथ्वीराजमार्गको कालोपत्रे धमाधम
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो।
‘एनसेल बिक्री प्रकरण: विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’
अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
मूल्य नपाउँदा बिकेन सुठो
अदुवा खेतीको उर्वर भूमि पूर्वी नवलपरासीका किसान यतिबेला अदुवा खन्न, सुठो बनाएर बेच्न व्यस्त छन् । मुख्य नगदेबालीका रूपमा जिल्ला अदुवा उत्पादनमा आत्मनिर्भर रहे पनि अदुवाको मूल्यमा हरेक वर्ष आउने उतारचढावले किसानलाई चिन्तित बनाएको छ ।
उन्नत जातको आलु उत्पादन
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा उन्नत रोजिटा जातको पिबिएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसमा यस्तो प्रविधिबाट शैलुङमा दोस्रो पटक आलुको बिउ उत्पादन गरिएको हो । यसअघि गएको वर्ष पनि सो प्रविधिबाट आलुको बिउ उत्पादन गरिएको थियो ।
अझै सञ्चालनमा आएन आइसिपी
यहाँस्थित नेपाल–भारत नाकामा तयार भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । सो आइसिपी उद्घाटन गरिएको छ महिना पूरा भएको छ तर अझै सञ्चालनमा आएको छैन । गत जेठ १८ गते नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको सो आइसिपीमा विद्युत् जडानलगायत निर्माणका केही काम पूरा हुन नसकेको हुँदा भारतीय पक्षले हस्तान्तरण नगरेकाले सञ्चालन गर्न नसकिएको बताइएको छ । उक्त आइसिपीको भारततर्फको निर्माण कार्य शतप्रतिशत पूरा भइसकेको र नेपालतर्फको काम अन्तिम चरणमा रहेको छ ।
सात अर्बको विकास ऋणपत्र जारी गरिँदै
सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले सात अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने छ ।
नार्कका पदाधिकारीलाई कृषि मन्त्रालयमा राख्न सुझाव
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई पुनर्संरचना गर्न अध्ययन गर्न बनेको उच्चस्तरीय उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ । नार्कमा आयोजित एक कार्यक्रममा सो कार्यदलले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई प्रतिवेदन बुझाएको हो । नार्कको उद्देश्य अनुरूप नियमनकारी एवं समन्वयकारी निकायका रूपमा पुनर्संरचना गरी कृषि अनुसन्धान, प्रसार र शिक्षालाई अझै प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न नार्कले गठन गरेको उच्चस्तरीय उपसमितिले तयार गरेको ठोस प्रस्तावसहितको प्रतिवेदन बुझाएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले बताउनुभयो ।
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी
मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताउनुभयो ।
चित्लाङमा साहसिक खेल प्याराग्लाइडिङ
मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो । थाहा नगरपाललिका–९ को चन्द्रगिरि डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ । बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान भर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौँ उपत्यका, हिमशृङ्खला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताउनुभयो । कम्पनीले रामेछाप, पोखरा, सुर्खेत, दाङलगायतका स्थानमा विदेशी र नेपालीलाई लक्षित ग