‘काठमाडौँमा स्मार्ट पर्यटन सम्भव’
प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रतिवेदनले काठमाडौँमा स्मार्ट पर्यटन सम्भव रहेको देखाएको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘पर्यटकीय सहर’ अन्तर्गत भएको मार्केट रिसर्च फर एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) फर टुरिजम एप्लिकेसनको प्रारम्भिक प्रतिवेदनमा यस्तो देखाइएको हो ।
लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल
आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ ।
देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले राससलाई जानकारी दिनुभयो ।
विदेशबाट फर्केर सामूहिक माछापालन
वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।
सेयर बजारमा उछाल
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि खुलेको सेयर बजार उछालिएको छ । लामो समयदेखि लगानीकर्तालाई निराश बनााउँदै आएको सेयर बजार आइतबार खुलेकै पाँच मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको हो । लगातार तीन पटक सर्किट ब्रेक लागेको बजार १११.२० अङ्कले उकालो लागेको छ भने कारोबार रकम भने कम समय कारोबार हुँदा ४८ करोड रुपियाँमै सीमित भएको छ ।
हिमाली क्षेत्रमा जिन बैङ्क स्थापना हुने
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा उच्च पर्वतीय क्षेत्रमा जिन बैङ्क (बिउबिजन राख्ने) स्थापना गर्ने भएको छ । डब्लुडब्लुएफको आर्थिक सहयोगमा मनाङ वा मुस्ताङमध्ये एक ठाउँमा उच्चस्तरीय जिन बैङ्क स्थापना गर्ने सम्झौता भइसकेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । रिगाग्री परियोजना नाम दिएर सो क्षेत्रमा काम पनि सुरु भइसकेको छ । उहाँले दुवै पक्षको सामूहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धि समयमै हासिल गर्ने विश्वास आफूले लिएको बताउँदै यो परियोजनाले देशको कृषि अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । डब्लुडब्लुएफका नेपाल प्रतिनिधि गुरुङले १० वर्षभित्र हिमाली क्षेत्रमा नमुना जिन बैङ्क स्थापना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । रैथाने अनुवंश र आनुवंशिक विविधतालाई संरक्षण गरेर लैजान यो परियोजना सफल हुने उहाँले बताउनुभयो ।
अन्द्राणीमा झलमल्ल बिजुली
बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पु¥याएको हो ।
गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित
उत्पादनयामको सुरुवातमै गोलभेँडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । भर्खरै फल्न सुरु भएको गोलभेँडाको भाउ ह्वात्तै घटेपछि गोलभेँडा खेती गर्ने किसान निराश बनेका हुन् । यहाँका किसानले अहिले गोलभेँडा प्रतिकेजी १० रुपियाँदेखि १२ रुपियाँमा बिक्री गरिरहेका छन् ।
चार अर्ब अन्ठाउन्न करोड कर फिर्ता
सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो ।
न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएको खुलासा
नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ।
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)निर्माण गरेको हो ।
मौरीपालन व्यवसायबाट मनग्य आम्दानी
बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ । ”
सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक छ: मुख्यमन्त्री चौधरी
इमान सिं रानापाल्पा, मङ्सिर २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । जनतालाई उत्पादन र रोजगारसँग जोड्न प्रदेश सरकार पनि प्रतिबद्ध भएर लागेको बताउनुभयो । रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सहकारीका शेयर सदस्यहरूलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । “तपाईँहरू शेयर सदस्य होइन उत्पादन सदस्य कसरी बन्ने सोचका साथ अघि बढ्नु पर्छ । याहाँहरुलाई उत्पादनसँग जोड्नको लागि लुम्बिनी प्रदेश सरकार तयार छ ।” उहाँले भन्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । “सहकारीलाई उत्पादनसँग जोड्न सकेनौ भने हामीले बचत गरेको पैसा पाउन मुद्दा हाल्नु पर्ने स्थिति आउन सक्छ ।” उहाँले भन्नुभयो । देशमा ठुला ठुला उद्योगको कल्पना गर्नु भन्दा पनि स्थानीय उत्पादनको वृद्धि र बजारीकरण महत्त्वपूर्ण रहने बताउनुभयो । साथै उहाँले भन्नुभयो “देशमा ठूलाठूला फ्याक्ट्रीको कल्पना होइन । गाउँलाई नै कसरी फ्याक्ट्री बनाउने भन्ने सोचका साथ अगाडी बढ्यौ भने हामीले लक्ष्य प्राप्ति गर्न सक्छौँ ।” स्थानीय उत्पादन बजार सम्म पुर्याउने वातावरण तयार गर्नु आवश्यक रहेको रहेको बताउनुभयो । २ लाख जनतालाई प्रदेश सरकारले रोजगारी दिने लक्ष्य लिएको बताउँदै महिला, युवा किसानलाई कसरी जोड्ने मुख्य विषय रहेको बताउनुभयो । समुदायमा भएको संस्कृतिलाई कसरी पर्यटन सँग जोड्न सकिन्छ भन्ने तर्फ सोच्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर बचत तथा ऋण सहकारीले रामपुरको विकासमा महत्त्वपूर्ण टेवा दिएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारीलाई उत्पादन सँग जोडेर अघि बढाउन नगरपालिका समन्वय गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो । संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले सहकारीले सेवा विस्तारसँगै डिजिटल प्रविधिको प्रयोगमा जोड दिँदै आएको बताउनुभयो । रामपुरमा स्थापना भएको सहकारीले आफ्नो कार्यक्षेत्र जिल्लाभर विस्तार गरेको छ । सहकारीमा हाल ४ हजार ५ सय ५७ शेयर सदस्य रहेका छन् ।
भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणमा बैङ्कले सघाउने
गत कात्तिकमा पश्चिमका जाजरकोट, रुकुमलगायतका क्षेत्रमा भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले सघाउने भएका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएका यस्ता संरचनाको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्ने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाामार्फत मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा
अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
‘लम्पी स्किन’ पीडितले अझै पाएनन् राहत
सरकारले ‘लम्पी स्किन’ रोगका कारण पीडित भएका किसानलाई राहत दिने घोषणा गरे पनि किसानले अझै प्राप्त गरेका छैनन् । ‘लम्पी स्किन’ रोगबाट ६५ हजार पशु मरेका छन् । त्यसका आधारमा राहत दिने भनी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले घोषणा गरेको छ महिनाभन्दा बढी भइसक्यो तर किसानले अझै सो राहत प्राप्त नगरेको गुनासो गरिरहेका छन् ।
फलाम उत्खननका लागि अध्ययन
रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकामा फलाम खानी पत्ता लागेपछि भूगर्भविद्ले बिहीबारबाट उत्खननका लागि विस्तृत अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको टिमले भुमे गाउँपालिका–३, झुम्लाबाङमा पत्ता लागेको फलाम खानीको अध्ययन सुरु गर्नुभएको हो ।
सहुलियत पसलबाट आठ करोडभन्दा बढीको करोबार
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ । असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८५९ रुपियाँ बराबरको कारोबार गरेको हो ।
मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने
नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउनुभएको छ ।
फल्नुअघि नै तनहुँका कृषकको आलु बिक्री
आलु उत्पादन गर्ने यहाँका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु फल्नु अघि नै खरिद गरेर लैजाने सम्झौता भएका छ । उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता गरिएको हो । समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच सम्झौता गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
किसानले पाएनन् दुधको २२ करोड भुक्तानी
जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले दूधको मूल्य पाउन नसकेका हुन् ।