सोह्रौँ योजना मस्यौदा : जिडिपी ८० खर्बभन्दा माथि पुर्याउने
सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव संकलन गरिसकेको छ ।
एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।
साताको सुन बजारः बढ्यो मूल्य
स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको थियो ।
कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज
घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।
जुनार बेच्न भ्याइनभ्याइ
रामेछाप, मङ्सिर २९ गते । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनुभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ । सुन्तला बगैँचाबाटै प्रतिकिलो रु. एक सय र जुनार प्रतिकिलो रु. ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । पहेंलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताउनुभयो । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो । जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताउनुभयो । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु. ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो । केही वर्ष यहाँको जुनारमा फल कुहाउने आसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उहाँका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताउनुभयो । अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताउनुभयो । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उहाँको भनाइ छ । जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउनुहुन्छ । रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुहुन्छ । रासस
मुगुबाट चीन जोड्ने सडक नौ वर्षमा पनि बनेन
मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्ष बित्दा पनि बन्न सकेको छैन । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन ।
ग्लोबल आइएमईको नौ प्रतिशत लाभांश
ग्लोबल आइएमई बैङ्कले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न बैङ्कको १७ औँ वार्षिक साधारण सभाले आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर गरी जम्मा नौ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
ब्याजदर घटाउन माग
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ ।
उखुको मूल्य निर्धारण गर्न माग
उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य कायम गर्न माग गर्दै सर्लाहीका उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो हरिवनमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । गत वर्ष सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम तत्काल भुक्तनी गर्न र चिनीको वृद्धि मूल्य तथा किसानको लागत अनुसार उखुको मूल्य तोक्न पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भई आन्दोलनमा जानु परेको नेपाल उखु उत्पादक
पोखरामा प्याराग्लाइडिङ उडानको सिन्डिकेट तोडियो
पोखराको प्याराग्लाइडिङ उडानमा रहेको कार्टेलिङ अन्त्य भएको छ । अब प्याराग्लाइडिङ कम्पनीहरूले आफैँ शुल्क तोक्न र आफ्नै तरिकाले उडान भर्न पाउने छन् ।
कुल आन्तरिक कर्जा र निक्षेप परिचालन बढ्यो
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो कर्जा ८.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो दाबी ३१.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी २.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.२ प्रतिशतले बढेको छ ।
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्याजको मूल्य मनलाग्दी
दक्षिणी छिमेकी भारतले गएको शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुमा छिमेकी मुलुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धको फाइदा यहाँका सीमित र बिचौलियाले लिएका छन् । भारतले नेपालसहित अन्य देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपालीको भान्सामा देखिएको छ । भारत सरकारको निर्णयलगत्तै नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । गएको शनिबारदेखि नै बजारमा प्याजको मूल्य मनलाग्दी छ । खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १७० रुपियाँमा मुस्किलले किन्न पाइन्छ । त्यो पनि फाट्टफुट्ट केही पसलमा मात्रै पाइन्छ । अधिकांश पसलले राख्न छोडिसकेका छन् ।
मूल्य वृद्धि घट्यो, शोधनान्तर उच्च बचतमा
पछिल्ला केही महिना औसतमा आठ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा भने घटेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार कात्तिकमा मूल्य वृद्धि ५.३८ प्रतिशतमा खुम्चिएको छ । असोजमा यस्तो दर ७.५० प्रतिशत थियो । २०७९ साल कात्तिकमा भने मूल्य वृद्धिदर ८.०८ प्रतिशत थियो । विवरण अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य समूह अन्तर्गतको सबैभन्दा धेरै मरमसला उपसमूहको ३६.४६ प्रतिशतले मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत सबैभन्दा धेरै मनोरञ्जन तथा संस्कृति उपसमूहको १२.८४ प्रतिशतले बढेको छ ।
कोप–२८ सम्पन्न : हिमालका मुद्दा स्वीकार
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) ले हिमाल र हिमाली अर्थतन्त्रको विषयलाई पहिलो पटक स्वीकार गरेको छ । जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने र हरितगृह ग्यास उत्सर्जनमा नियन्त्रण गर्न विभिन्न ऐतिहासिक निर्णय पारित गर्दै सम्मेलन सम्पन्न भएको छ ।
मर्जर तथा एफपिओको लाभकर तिर्नुपर्ने
बैङ्क तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिँदा हुने लाभ (बार्गेन पर्चेज) र फर्दर पब्लिक अफरिङ (एफपीओ) लाभबापतको कर सरकारलाई भुक्तान गर्नुपर्ने भएको छ । मङ्सिर मसान्त भएकाले बैङ्क तथा वित्तीय संस्थाले अब यस्तो शनिबारभित्र सरकारलाई बुझाउनुपर्ने छ ।
रैथाने बाली उत्पादनमा जोड दिऔँ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
हिमाली क्षेत्रमा मूल्य बढ्यो
हिमाली क्षेत्रमा मूल्य वृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ ।
शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा
मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ ।
विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब कायम
विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उहाँले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताउनुभएको हो ।