मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ । उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।
तरकारी बिक्री गर्न बिहानै नेपालगन्ज पुग्छन् थारू महिला
गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।
उद्देश्य अनुरूप काम गर्दैनन् लघुवित्त
जिल्लाका ग्रामीण भेगका समुदायलाई आयआर्जन कार्यक्रममा लगानी गरी कृषकलाई स्वरोजगार गर्ने उद्देश्यले विस्तार भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन नगर्दा यहाँका विपन्न परिवारका सदस्य यस्ता संस्थाको सेवाबाट वञ्चित भएका छन् । जिल्लामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयले जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न ग्रामीण बस्तीमा काम गर्दै आएका छन् ।
जलवायुबारे डिजिटल नक्सा तयार गरिने
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ । त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन् । वैज्ञानिकले तयार गर्ने सो नक्सामार्फत एक क्लिकमा आफूले चाहेको ठाउँको जलवायुको अवस्था थाहा पाउन सकिन्छ । यो एक क्लिकले नेपालको मात्र होइन, सार्क राष्ट्रकै जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । जलवायुले धान, गहुँ, मकै, मसुरो, दलहन, तेलहन, तरकारी, माछा तथा फलफूललगायतका बालीमा पारेको प्रभावबारे अध्ययन गरी नक्सा तयार गर्ने छ ।
इजरायलमा रोजगारीको विषयमा सचेत रहन आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले इजरायलमा कृषि श्रमिक माग भएको प्रलोभन देखाएर ठगी भएका धेरै गुनासो विभागमा आएकाले सचेत रहन आमयुवालाई आग्रह गरेको हो । नेपाल सरकार र इजरायल सरकारबिच श्रम समझदारी भए अनुसार मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागले जनाएको छ । यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहेको भए पनि यस विषयमा कुनै निर्णय भइनसकेकाले कुनै व्यक्तिको प्रलोभनमा नपर्न विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्तिमार्फत आग्रह गर्नुभयो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो ।
६६ रोपनी क्षेत्रफलमा बिउ उत्पादन
जिल्लामा यस वर्ष विभिन्न जातको बिउ उत्पादन गर्न लागिएको छ। राजमा, सिमी, बोडी र मूलाका विभिन्न जातको बिऊ उत्पादन गर्न थालिएको हो।
अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित
ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) रू. ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो ।
सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती
विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुभएकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोप्नुभएको थियो । गत वर्ष तीन मुरी कोदो भित्र्याउनुभएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग हुनुभयो ।
समग्रमा मुलुकको अर्थतन्त्र सही बाटोमा : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द
आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।
सुनकोशीमा बाँध निर्माण तीव्र
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभयो ।
घट्यो तोरी लगाउने क्षेत्रफल
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।
पर्यटकको रोजाइमा पुम्दीकोट
पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट । पोखरा महानगरपालिका–२२ मा फेवातालको माथि डाँडामा पर्ने पुम्दीकोट अचेल आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । ४० करोड रुपियाँको बृहत् गुरुयोजना अनुरूप काम भइरहेको यो कोटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमेत पुग्नुभएको थियो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको कोषमा निरन्तर आबद्धता न्यून
वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक आबद्धता जनाउनेको सङ्ख्या आठ महिनामै पाँच लाख नाघेको छ तर निरन्तरता दिनेको सङ्ख्या खासै देखिँदैन । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा गएको चैत ८ देखि मङ्सिर २३ सम्म पाँच लाख दुई हजार ४६६ जना कोषको योजनामा आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम भएको स्वयम् कोषले नै स्वीकार गरेको छ ।
नलगाडमा वाणिज्य बैङ्क स्थापना
राष्ट्रिय वाणिज्य बैङ्कले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिनुभयो ।
ढाकाका कपडाले पाएनन् बजार
म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालन पोषण गरिरहनु भएको छ । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानि रहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।
नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ।
शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।
कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ।
पुनहिलमा पानी लैजान पाउँदैनन् पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ। पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टी हाउसबाट पानी किनेर पिउनुपर्ने नियम छ। पुनहिल जाँदा थर्मसमा आफैँ तातोपानी बोकेर लैजान नपाएको पर्यटकले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौंदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ ।
विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन
शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् ।
दुई ठुला चिनी उद्योगले उखु क्रसिङ रोके
उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।
लगानी सम्मेलनअघि नै ‘कन्ट्री रेटिङ’
वैशाखमा आयोजना गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनअघि नै मुलुकको सार्वभौम साख मूल्याङ्कन ‘कन्ट्री रेटिङ’ गर्ने तयारी सरकारले गरेको छ । लगानी सम्मेलनका सम्बन्धमा विकास साझेदारसँग छलफलका लागि अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै ‘कन्ट्री रेटिङ’को काम सक्ने जानकारी दिनुभएको हो । सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्दै छ ।