आइसिपी एक महिनाभित्र सञ्चालन हुँदै
नेपालगन्जमा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा ल्याउने विषयमा आवश्यक गृहकार्य सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ४४.३६ हेक्टर क्षेत्रफलमा निर्माणको अन्तिम चरणमा रहेको सो जाँच चौकी सञ्चालनमा ल्याउने विषयमा सोमबार मात्रै नेपाल र भारतका अधिकारीले संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् । भारतको परराष्ट्र मन्त्रालयका सहसचिव, ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया, आइसिपी रुपैडिया, रुपैडिया कस्टम, एसएसबी इन्डियालगायतका निकायका अधिकारी र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रको संयुक्त टोलीले नेपालगन्ज एकीकृत जाँच चौकीको स्थलगत अनुगमन गरेका थिए ।
‘उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनको सम्भावना’
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनको सम्भावना रहेको बताउनुभएको छ । कारखाना र त्यसले प्रयोगमा ल्याएको खानीको बुधबार निरीक्षण गर्दै उहाँले सामूहिक प्रयासबाट पुनः सञ्चालन गर्न सक्ने अवस्था रहेको बताउनुभएको हो । सरकारले अनुदान दिएर मात्र उदयपुर सिमेन्टको समाधान ननिस्कने भएकाले व्यवस्थापन र श्रमिकले जिम्मेवारीबोध गर्नुपर्ने अर्थमन्त्री डा. महतको भनाइ थियो । “कसले जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्याङ्कन र विश्लेषण गरौँ,” उहाँले भन्नुभयो, “विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नु पर्छ ।” निजी क्षेत्रले सबै जोखिम आफूले लिएर नाफा कमाउन सक्ने तर उदयपुर सिमेन्टले भने सञ्चालन खर्चको दायित्व पूरा गर्न नसकेकामा उहाँको गुनासो थियो ।
पहिलो पटक ट्याक्टरबाट जोतेको मूल्य निर्धारण
झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट रोक्नका लागि दररेट निर्धारण गरेको छ ।
गाउँमै अदुवाले राम्रो मूल्य पाएपछि किसान मक्ख
नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्।
प्रसारण लाइन निर्माण सुस्त गतिमा
आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणले सोचेअनुरुप गति लिन नसकेको हो । यो प्याकेजको सम्झौता अवधि एक वर्ष बाँकी रहँदा हालसम्म ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।
श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम
पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन ।
‘लम्पी स्किन’ विरुद्धको खोप सरकारले आफैँ उत्पादन गर्ने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि आफैँ भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग छलफल थालिसकेको छ । कृषि मन्त्रालय अन्तर्गतका पशु सेवा विभागले भ्याक्सिन उत्पादनका लागि चाहिने मास्टर सिड (मुख्य बिउ) र प्रविधिका लागि भारतलगायत अन्य देशसँग पहल गरेको छ । भ्याक्सिन उत्पादनका लागि नेपालसँग सुविधासम्पन्न प्रयोगशाला छ तर त्यसका लागि चाहिने कच्चा पदार्थ (मास्टर सिड) र प्रविधि छैन । त्यसका लागि भारत र अफ्रिकी मुलुक केन्यालाई आग्रह गरिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । मास्टर सिड तथा प्रविधि सहयोगका लागि आग्रह गरेपछि केन्याका इन्टरनेसनल ल्याइभ स्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) का तीन जना वैज्ञानिक नेपालमा आएर अध्ययन थालिसकेको उहाँले बताउनुभयो ।
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने
काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ । त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ । एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनुभयो ।
अन्न खान पल्किए हात्ती
हात्ती लामो समयसम्म बसेपछि पूर्वी नेपालका केही स्थानका बासिन्दा रातभर सुत्न पाएका छैनन् । झापासहित मोरङ र सुनसरीमा हात्तीका हुल दिनहुँ देखिँदै आएका छन् । भारतबाट आउने गरेका हुलका हुल हात्ती केही समय नेपाल रहने र त्यसपछि भारत नै फर्कने गरेकोमा यस पटक फर्किएका छैनन् । उनीहरू झापाको जलथलको जङ्गल, चारआलीको जङ्गल, दमकको हम्सेदुम्से सामुदायिक वनको जङ्गलसहित पूर्वी नेपालका विभिन्न जङ्गलमा रहँदै आएका छन् । विशेष गरेर झापाका जङ्गललाई उनीहरूले केन्द्र बनाएका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छ मा पुगेको हो ।
एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ।
निराशाको बहस अन्त्य गरौँ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
उद्योगी व्यवसायीको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ ।
सबस्टेशन निर्माणमा ढिलाइ
प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन ।
अर्थतन्त्र सुधारोन्मुख : मन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको ट्रान्समिटर जडान कार्य पुनः सुरु
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवरोध भएको प्रसारण लाइन निर्माणको काम पुनः सुरु भएको छ ।
शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ
धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नुभएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।
एउटै गाउँबाट ४९ लाखको जटामसी सङ्कलन
हुम्लाको एउटै गाउँका स्थानीयले उनाइचास लाख भन्दा बढी मूल्यको जडीबुटी सङ्कलन गरेको पाइएको छ । खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँका स्थानीयले उक्त मूल्यको जडीबुटी सङ्कलन गर्नु भएको हो ।
दस प्रकारका औषधी उत्पादनमा रोक
औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिनुभयो । उहाँले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका रहेको जानकारी दिनुभयो ।
धानको राम्रो मूल्य पाएपछि किसान खुसी
झापामा विगतका वर्षको तुलनामा यस वर्ष धानको भाउ आकासिएपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य वृद्धि भएपछि किसान खुसी भएका हुन् । अघिल्लो वर्ष यो समयमा धानको मूल्य एक हजारदेखि अधिकतम एक हजार दुई सय रुपियाँ प्रतिमन रहेकामा अहिले एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँसम्म किसानले पाएका छन् । न्यूनतम समर्थन मूल्यमा समेत धान बिक्री नहुँदा लागत मूल्य उठाउन समस्या हुने गरेकामा यस वर्ष धानको मूल्य राम्रो पाएको कमल गाउँपालिकाका किसान मदन आचार्यले बताउनुभयो ।
साह निगमको निमित्त प्रमुख
नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई सोमबार निमित्त प्रमुखको जिम्मा दिएको हो । हाल नायब कार्यकारीका रूपमा काम गर्दै आएका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
मर्यादित श्रमको सुनिश्चिततामा जोड
‘आप्रवासी योगदानको कदर र अधिकारको सम्मान’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको साताव्यापी कार्यक्रम सोमबारदेखि सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले सोमबार विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।