नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ ।
केरा खेतीतर्फ किसानको आकर्षण
राप्ती गाउँपालिका–७, छोडकी सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लागेका चौधरी वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ । खेती गरेको तीन बिघामध्ये अहिले डेढ बिघा जग्गामा रोपेको केराले उत्पादन दिने गरेको भन्दै चौधरीले भन्नुभयो, “अहिले खेती गरेकोमध्ये आधा जमिनमा रोपेको केराले उत्पादन दिन थालेको छ । बाँकी बोटहरू पनि उत्पादन दिन तयार हुँदै छन् ।”
भाउ घट्यो जिराको
पछिल्लो साढे पाँच महिनाको बिचमा मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको छ । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ । सो अवधिमा प्रतिकेजी एक हजार चार सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा चार सय रुपियाँ घटेर एक हजारमा कारोबार भएको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपियाँले घटेको छ । गत असोज कात्तिकमा ११५ रुपियाँदेखि १३५ रुपियाँसम्म प्रतिकेजी कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपियाँमा कारोबार भएको छ ।
बैङ्किङ कारोबार पारदर्शी तरिकाले भइरहेको दाबी
नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, नेपाल राष्ट्र बैङ्कबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमका साथै बैङ्किङ क्षेत्रका मान्य सिद्धान्तहरू समेतको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आइरहेको जनाएको छ ।
चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता
चीनले नेपालबाट निर्यात गर्ने भैँसीको मासुबारे त्यसको गुणस्तरीयता, व्यावसायिकतालगायतका बारेमा जानकारी माग गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग गुणस्तरीयता तथा व्यावसायिकतामा सुनिश्चितता माग गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला चीनले नेपालबाट तिब्बतका लागि मासु आयात गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार मासु आयात गर्नुअघि नेपालमा मासुको स्वच्छता, व्यवसाय, उत्पादन क्षेत्रलगायतको विषयमा स्पष्ट पार्न पत्र पठाएको छ ।
छ अर्बले घट्यो खाद्यान्न आयात
चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम भएको हो । बजारमा माग कम हुँदा खाद्यान्न आयात कमी भएको हो ।
नेप्से झिनो अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
सल्लाको खोटोबाट आम्दानी
दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो ।
छ जना ठेकेदारबाट छ करोड ५८ लाख असुल्दै सडक बोर्ड
सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनु पर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजश्व समेत गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।
कोभिडले बनायो कृषक
भजनी नगरपालिका–५, लालबोझीकी रूपा चौधरीको हुलाकी राजमार्गसँगै १० कट्ठा जमिनमा तरकारी बारी छ । सोही बारीको एकापट्टि लटरम्म टमाटर फलेका छन् भने अर्कातिर फुल्न थालेका बिरुवा छन् । काउली, गाँजर र प्याजका बेर्ना बेचिसकिएका छन्, ब्रोकाउली तयार हुँदै छ । बन्दा, खुर्सानी, भान्टा, काँक्रा, फर्सी फल्दै छन् । रूपाका श्रीमान् श्रीमती, सासूससुरा हरेक दिन बारीमै भेटिन्छन् ।
बिर्तामोड उवासङ्घको निर्वाचनमा न्यौपाने विजयी
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
बर्दिबासमा आदिवासी जनजाति महोत्सव फागुन २४ देखि सुरु
बर्दिबासमा आदिवासी जनजाति महोत्सवको चौथो संस्करण अर्को सातादेखि हुने भएको छ । महोत्सवले सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा योगदान पुग्ने जनाइएको छ ।
सूचना प्रविधिका परियोजना तयार गर्न आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि सूचना प्रविधि (आइटी) क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनिजका पदाधिकारीसँग मङ्गलबारको भेटमा उहाँले सूचना प्रविधिका परियोजना लिएर आउन आग्रह गर्नुभएको हो ।
जीवन बिमा व्यवसायको वृद्धिदरमा सङ्कुचन
चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म जीवन बिमा कम्पनीहरूले करिब ८७ अर्ब कुल बिमा शुल्क सङ्कलन गरेका छन् । अहिले सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले सात महिनाको अवधिमा ८६ अर्ब ८८ करोड आठ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा १४ जीवन बिमा कम्पनीले १६ अर्ब ११ करोड छ लाख रुपियाँ प्रथम बिमा शुल्क सङ्कलन गरेका छन् भने ७० अर्ब ७७ करोड दुई लाख रुपियाँ नवीकरणीय बिमा शुल्क सङ्कलन गरेका छन् । सबै जीवन बिमा कम्पनीका एक करोड ३७ लाख ७३ हजार ३१५ सक्रिय बिमालेख रहेका छन् ।
किसानको भुक्तानीका लागि डिडिसीलाई सहुलियत ऋण
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुध किसानलाई तत्कालै भुक्तानी दिलाउन निर्देशन दिएपछि कृषि मन्त्रालय त्यसका लागि पहल सुरु गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको भोलिपल्ट मङ्गलबार किसानले समयमा भुक्तानी नभएको भन्दै ललितपुरमा दुध पोखेर विरोध जनाएका छन् । कृषि मन्त्रालयले सहुलित ऋण अनुदानमा डिडिसीलाई ३० करोड रुपियाँ दिने भएको छ ।
दक्ष श्रमिक जापान जाने बाटो खुला
सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु) श्रमिकको माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० ल्याएसँगै संस्थागत रूपमा माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुलेको हो ।
नेप्सेको उकालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।
अध्यक्ष र प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेकाे भन्दै गाउँपालिकामा १४ दिनदेखि ताला
पर्सा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेपछि जनप्रतिनिधिहरूले १४ दिन देखि तालाबन्दी गरेका छन् । खर्चका विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग सहित फागुन १ गते देखि लगाएको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो
मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ ।
किसानका लागि दुध उत्पादन मापदण्ड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दुध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको कृषि मन्त्रालयले जनाएको छ । मापदण्ड अनुसार दुध दुहुने व्यक्तिको कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरी क्षयरोगलगायतका कुनै पनि सरुवा रोगबाट ग्रसित नभएको र स्वास्थ्य जाँचको कागजात फार्ममा राखेको हुनुपर्ने छ । दुध दुहुने स्थान वा सो क्षेत्र वरपर र दुहुने बेला धूमपान गर्न, सुर्ती, खैनी, गुट्खा आदि सेवन गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ ।
बैङ्कहरू बलिया छन् : गभर्नर
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नियामक निकायका रूपमा राष्ट्र बैङ्कले सही तरिकाले काम गरिरहेकाले बैङ्कहरूलाई ढल्ने अवस्था आउन नदिने बताउनुभएको छ । नेपाल बैङ्कर्स सङ्घले सोमबार आयोजना गरेको ‘बैङ्किङ क्षेत्रको समसामयिक विषय र आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नेपाली बैङ्क डुब्ने अवस्था रहेको छैन, यो क्षेत्र सहज अवस्थामा रहेको र सही तरिकाले काम गरिरहेको बैङ्कलाई ढल्न नदिने तथा सर्वसाधारणको निक्षेप पनि डुब्न नदिने बताउनुभएको छ ।
निर्यातभन्दा इन्धन आयात दोब्बर
मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ ।
राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।