गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय
गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।
राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ
उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन ।
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन ।
छ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
समृद्धिको आधार ऊर्जा
प्राकृतिक स्रोतको उपयोग राष्ट्रिय अर्थतन्त्रको उत्थान तथा सबलीकरणको मूल आधार हो भन्ने मान्यता नेपालमा जलविद्युत्ले चरितार्थ गर्दै छ । लोडसेडिङको कहालीलाग्दो इतिहासलाई निमिट्यान्न पारेर मुलुकभित्रको उत्पादकत्व प्रवर्धन मात्र होइन, विद्युत् निर्यातमार्फत व्यापार घाटा न्यूनीकरण पनि हुने बलियो आधार बिजुली बन्दै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको विश्लेषणमा १४ औँ पञ्चवर्षीय योजनामा प्राप्त आर्थिक वृद्धिदरको एउटा मूल आधार विद्युत्को पर्याप्तता नै थियो । “२०७५ साल वैशाख ३१ देखि नेपालमा लोडसेडिङ अन्त्य हुँदा सिधा असर समग्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा परेको थियो,”
कास्कीका पाँच सहकारीका बचतकर्ताको तीन अर्ब जोखिममा
कास्कीका पाँच सहकारीमा समस्याग्रस्त भएपछि बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो ।
लयतिर अर्थतन्त्र
दुई वर्ष लामो उकुसमुकुसपछि मुलुकको अर्थतन्त्र सहज अवतरणको दिशातर्फ सोझिएको छ । अर्थतन्त्रका बृहत् सूचकहरूले देखाउँछन्, अप्ठ्यारो परिस्थिति मत्थर हुने क्रममा छ । अर्थतन्त्र विस्तार हुन अवरोध बनेका नीति र नियामकीय प्रावधानमा पछिल्ला समय भएका परिमार्जनले नतिजा देखाउन थाल्दा सुधारको सङ्केत सानै हिस्सामा भए पनि प्रतिविम्बित हुन थालेको छ । अर्थतन्त्र सुधारको अहिलेको गति धिमा छ तर उकालो लाग्ने क्रममा छ ।
चोरी हुन थाले फिडर वायर
जीर्ण अवस्थामा रहेको रुपन्देहीको बुटवल धागो कारखाना संरक्षणमा सरकारी बेवास्ता देखिएको छ । कारखाना संरक्षणमा सरकारकै दुई मन्त्रालयको कुरा बाझिएको छ । अर्थ मन्त्रालयले रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई रोकिने भएको छ ।
नार्क ऐन संशोधनका लागि प्रस्ताव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपाल कृषि अनुसन्धान परिषद् (दोस्रो संशोधन) ऐन, २०८० स्वीकृत प्रव्रिmयाका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालसमक्ष प्रस्तुत गरेको छ । नार्कको ऐन, २०४८ अनुसार सञ्चालित रहेको छ । देश सङ्घीयतामा गइसकेको छ । त्यस अनुसार ऐन संशोधन गर्नुपर्ने देखिएकाले कृषिमन्त्री भुसालसमक्ष प्रस्तुत गरिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।
बढ्यो अलैँची निर्यात
अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार ११० केजी अलैँची आयात भएको हो छ । गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको छ ।
पोखरामा प्याराग्लाइडिङ उडान ठप्प
पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो ।
रानीमहलबाट ८७ लाख राजस्व सङ्कलन
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ । चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।
देशको अर्थतन्त्र उत्साहजनक: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै गएको बताउनुभएको छ । भरतपुर विमान स्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साह जनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले अव सकारात्मक सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।
दोलखा महोत्सवको तयारी तीव्र
दोलखा वाणिज्य सङ्घको आयोजना हुने बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा हुने बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारिएको सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
शिक्षण पेसासँगै कृषिबाट मनग्गे आम्दानी
कालीगण्डकी गाउँपालिका–२, अर्बेनीका लक्ष्मीपति न्यौपाने उमेरले ३६ वर्ष पुग्नुभयो । न्यौपाने पेसाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी–१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत दरबन्दीमा रही अध्यापन गराउँदै आउनुभएको छ । शिक्षण पेसाका साथमा उहाँले कृषि पेसाबाट लोभलाग्दो कार्य गर्दै आउनुभएको छ ।
पाँच महिनामा चार अर्बभन्दा बढीको चामल आयात
चालु आर्थिक वर्षको पाँच महिनामा चामल आयातमा कमी आएको छ । अधिकांश वस्तुको आयात घटिरहेका बेला चामलको आयातमा समेत गिरावट आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा (साउन–मङ्सिर) चार अर्ब १९ करोड ४१ लाख रुपियाँ बराबरको चामल आयात भएको थियो ।
आयात घटेर साढे छ खर्ब नजिक
चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३.३९ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ लाख रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपियाँको आयात भएको थियो । पाँच महिनाको अवधिमा निर्यात ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपियाँको निर्यात भएको थियो ।
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी
सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने छ ।
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित
बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।
सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि
आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ ।
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ ।
दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास
सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहनुभएका उहाँले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुन्छ ।
फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।
कर्जा पुनर्संरचना गरिने
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निश्चित क्षेत्रमा प्रवाह भएको पाँच करोड रुपियाँसम्मको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षाका क्रममा गरिएको व्यवस्था कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।