किसानका लागि दुध उत्पादन मापदण्ड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दुध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको कृषि मन्त्रालयले जनाएको छ । मापदण्ड अनुसार दुध दुहुने व्यक्तिको कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरी क्षयरोगलगायतका कुनै पनि सरुवा रोगबाट ग्रसित नभएको र स्वास्थ्य जाँचको कागजात फार्ममा राखेको हुनुपर्ने छ । दुध दुहुने स्थान वा सो क्षेत्र वरपर र दुहुने बेला धूमपान गर्न, सुर्ती, खैनी, गुट्खा आदि सेवन गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ ।
बैङ्कहरू बलिया छन् : गभर्नर
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नियामक निकायका रूपमा राष्ट्र बैङ्कले सही तरिकाले काम गरिरहेकाले बैङ्कहरूलाई ढल्ने अवस्था आउन नदिने बताउनुभएको छ । नेपाल बैङ्कर्स सङ्घले सोमबार आयोजना गरेको ‘बैङ्किङ क्षेत्रको समसामयिक विषय र आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नेपाली बैङ्क डुब्ने अवस्था रहेको छैन, यो क्षेत्र सहज अवस्थामा रहेको र सही तरिकाले काम गरिरहेको बैङ्कलाई ढल्न नदिने तथा सर्वसाधारणको निक्षेप पनि डुब्न नदिने बताउनुभएको छ ।
निर्यातभन्दा इन्धन आयात दोब्बर
मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ ।
राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी
अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् ।
प्रविधिको प्रयोगसँगै चैते धान खेतीमा आकर्षण
आधुनिक प्रविधिको प्रयोग, माटो सुधार र स्थानीय सरकारले बीउ बिजन तथा मल खादमा समेत सहयोग गर्न थालेपछि झापामा चैते धानको खेती विस्तार हुँदै गएको छ । किसानहरूले कम लागतमा खेती गर्ने उपायको खोजी गर्न थालेका छन् ।
अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान
भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् ।
‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित
भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड [आइएसओ]को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौँ भेनियर उद्योग बन्द हुनेछन्भने त्यहाँ कार्यरत ६० हजारले रोजगारी गुमाउने व्यवसायीहरूले बताएका छन् ।
दक्षिण कोरियामा दक्ष जनशक्ति पठाउने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई दिने तयारी गरेको छ । मन्त्रालयले ई–७ भिसा हाल सरकारबाट पठाइने इपिएस भिसाभन्दा फरक भएकाले यो जिम्मेवारी म्यानपावर कम्पनीलाई दिनुपर्ने भन्दै तयारी गरेको हो ।
दुध तथा दुग्धजन्य पदार्थ आयातमा रोक
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्ध पदार्थ आयातमा पूर्ण बन्देज लगाएको छ । दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि भएपछि सो अनुसार आन्तरिक खपत नभएको तथा बाहिर मुलुकमा पनि निर्यात हुन नसकेका कारण अत्यधिक मौज्दात हुन गएको कृषि मन्त्रालयले जनाएको छ ।
चिलिमे हब सबस्टेसन तयार
नेपाल–चीन विद्युत् सञ्जाल विस्तारका लागि महत्वपूर्ण मानिएको एक पूर्वाधार चिलिमे हब सबस्टेसन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेतमा २२०/१३२/३३ केभी क्षमताको चिलिमे हब सबस्टेसन निर्माण गरिएको हो । केरुङ नाकाबाट करिब १४ किलोमिटर दक्षिणमा पर्ने सो सबस्टेसनको यही शुक्रबारदेखि प्राविधिक परीक्षण गर्ने तयारी छ । बृहत् प्रसारण लाइन आयोजना (२२० केभी) का
दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक
साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ। परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो।
कोदोबाट बिस्कुट उत्पादन
पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाल्नुभएकोे छ ।
‘बैङ्किङ प्रणालीमा समस्या छैन’
नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले नेपालका बैङ्कहरू सबल अवस्थामा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार बनेपामा आयोजना गरेको एड्भान्स बैङ्किङ तालिम कार्यक्रममा उहाँले बैङ्कहरूसँग पर्याप्त तरल सम्पत्ति रहेकाले कुनै पनि बैङ्क डुब्ने अवस्था नदेखिएको बताउनुभयो ।
नौमुरे परियोजनाको काम धमाधम
प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो । सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको छ । आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।
नेपाल टेलिकमद्वारा निः शुल्क इन्टरनेट सेवा
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
धरानमा एयरपोर्ट बनाउन सकिँदैनः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताउनुभएको छ ।
चौँतिस विमानस्थलमा टेलिकमको निःशुल्क वाइफाई
नेपाल टेलिकमले देशभित्र सञ्चालित ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति भएको छ । सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्ने छ । यसबाहेक अन्य विमानस्थलमा समेत चरणबद्ध रूपमा निःशुल्क वाइफाई उपलब्ध गराउने सहमति भएको छ । विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष स्थापना गर्ने पनि दुई संस्थाबिच सहमति भएको छ ।
मूल्य अनुसार दुधको गुणस्तर नभएको गुनासो
मूल्य अनुसार दुधको गुणस्तर नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या र समाधानसम्बन्धी सरोकारवालाबिच नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यव्रmममा सो गुनासो गरेका हुन् । दुधको मूल्य उच्च छ, त्यस अनुसार गुणस्तर नरहेको गुनासो सरोकारवालाको रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको गुणस्तर निकै कमजोर रहेको र त्यसमा ध्यान दिन डेरी उद्योगीलाई आग्रह गर्नुभयो । उहाँले मूल्य मात्र निर्धारण गरेर हुँदैन, गुणस्तरीय दुध पनि उपभोक्तालाई दिनुपर्ने बताउनुभयो ।
सिमेन्ट निर्यात बढ्यो
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला भने सिमेन्टको निर्यात भने बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म कुल निर्यात सात प्रतिशतले घटेका बेला सिमेन्टको निर्यात भने हवात्तै बढेको छ ।
हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित
हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।
आर्थिक सङ्कटमा पोखरा, योजना सम्झौता बन्द
आन्तरिक आम्दानी लक्ष्यभन्दा कम र सङ्घ र प्रदेश सरकारको अनुदानसमेत घट्ने निश्चित भएपछि पोखरा महानगर आर्थिक सङ्कटमा परेको छ । सङ्कट टार्न महानगरले प्रमुख स्तरीय निर्णय गरी सबै वडा र महाशाखाहरूलाई छ बुँदे निर्देशन दिएको छ ।