सुनको मूल्य हालसम्मकै उच्च
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा ...
माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो ।
रिडीमा विश्रामस्थल बन्ने
अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले संयुक्त लगानीमा कालिगण्डकी किनार रिडीमा विश्राम स्थल बनाउने भएका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ नजिकै छत्रदेव(रुरु क्षेत्र विश्राम स्थल निर्माण गर्न लागिएको हो ।
एयर कार्गोको शुल्क बढ्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयात/निर्यातको शुल्क बढाइएको हो ।
दुग्धजन्य पदार्थ निर्यातमा चुनौती
मौज्दात रहेको दुग्ध पदार्थ निर्यातका लागि सरकारी तथा गैरसरकारी पक्षबाट पटक पटक प्रयास भए पनि सफल भएको छैन । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका तर्फबाट नेपाली डेरी एसोसिएसन, नेपाल डेरी उद्योग सङ्घले नेपालमा उत्पादन भएको दुग्ध पदार्थ अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न पटक पटक प्रयास गरेका छन् तर सोचे जस्तो निर्यात गर्न सकेको छैन । दुग्धजन्य पदार्थ अत्यधिक मात्रामा मौज्दात रहेका कारण डेरी उद्योगीले किसानलाई पाँच महिनादेखि भुक्तानी दिएको छैन । पाँच अर्बभन्दा बढीको दुग्ध पदार्थ मौज्दात रहेको र त्यसलाई निर्यात गर्नका लागि सरकारले पनि समन्वय गर्ने डेरी उद्योगसँग सम्झौता नै गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र डेरी उद्योगीबिच भएको छलफलमा निर्यातका लागि सरकारले समन्वय गर्ने सम्झौता भएको छ ।
भान्सामा पुगेपछि रिपोर्ट सार्वजनिक
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएका केही तरकारीको नमुना सङ्कलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो ।
गुणस्तरीय औषधी उत्पादनमा जोड
मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधीमा गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा उहाँले त्यसका लागि नेपाली औषधी उत्पादकले गुणस्तरीयता ध्यान दिने र सरकारले उद्योगहरूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै
बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।
नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो
हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।
हालसम्मकै उच्च सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ
जलजलामा एक करोड ३९ लाख रुपियाँ थप बजेट
पर्वतको जलजला गाउँपालिका गाउँ सभाको १६ औँ अधिवेशनबाट थप एक करोड ३९ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ ।सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँ सभा अधिवेशनबाट गाउँपालिकाको अल्यामा रहेको १ करोड २९ लाख रुपियाँ र आन्तरिक आम्दानीबाट १० लाख रुपियाँ बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो ।
सेयर बजारमा उछाल लगानीकर्तामा खुसीको बहार
निरन्तर ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजारले सोमबार खुसीको बहार ल्याइदिएको छ । सेयर बजार मापक नेप्से परिसूचकले ११८ को फराकिलो अङ्कले फड्को मार्दा लगानीकर्ताको मनोवैज्ञानिक बिन्दुभन्दा तल रहेको बजार एकाएक माथि उठेको छ ।
नगरको आम्दानी वृद्धि गर्न महोत्सव
तानसेन नगरपालिकाले आन्तरिक आम्दानीमा वृद्धि गर्न आफैँ व्यापार महोत्सव गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानी बढाउने मुख्य उद्देश्य राखेर नगरपालिका आफैँले कृषि, पर्यटन तथा व्यापार गरेको हो । विगतमा पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार महोत्सव गर्दै आएका थिए । यस पटक नगरपाालिकाले आफ्नो आन्तरिक आम्दानी वृद्धि गर्न आफैँ मुख्य आयोजक बनेर महोत्सवको आयोजना गरेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
सम्झौता भए पनि दुग्ध किसान आन्दोलनमै
दुधको किसानलाई भुक्तानी दिने विषयमा सरकार, केन्द्रीय दुग्ध सहकारी सङ्घ र डेरी उद्योगीबिच भएको पाँचबुँदे सम्झौता विवादमा आएको छ । सो सम्झौताप्रति असहमति जनाउँदै केही सङ्घ संस्थाले आन्दोलनलाई निरन्तरता दिएका छन् । चैत २१ गतेभित्र पुस मसान्तभित्रको सम्पूर्ण बक्यौता रकम किसानलाई भुक्तानी दिने भनी फागुन १९ गते राति सरकार र डेरी उद्योगीबिच सम्झौता भएको थियो ।
साढे दुई अर्बभन्दा बढीको सापटी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् । कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सापटी योजना, योगदानकर्ता घर सापटी योजना, योगदानकर्ता शैक्षिक सापटी शीर्षकमा त्यो बराबरको रकम लिएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी छुट्टै ऐन बन्दै
जलवायु परिवर्तनका असर, अनुकूलन कार्बन व्यापारलगायतका गतिविधिलाई एकीकृत र सङ्गठित रूपमा व्यवस्थित गर्ने गरी सरकारले जलवायु परिवर्तन ऐन २०८० बनाउने भएको छ । नेपाल कानुन आयोगले ऐन निर्माणका लागि जलवायु परिवर्तनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्ररम्भिक मस्यौदा तयार गरेको छ ।
दोब्बर बढ्यो प्लाइउड निर्यात
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला प्लाइउडको निर्यात भने दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतमा प्लाइउडको माग बढेपछि निर्यातमा ९४ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म चार अर्ब २१ करोड १४ लाख ६४ हजार रुपियाँको प्लाइउड निर्यात भएको छ । गत आवको सात महिनामा दुुई अर्ब १६ करोड २३ लाख ६४ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो ।
लक्ष्यभन्दा ७३ प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०-०८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो ।
शेयर बजारमा सर्किट, कारोबार रोकियो
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।
उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताउनुभयो ।
अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा
अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।
प्रिमनसुनी वर्षाले हिउँदे बाली सप्रिने
प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी परिरहेको छ । यसबेला भएको वर्षाले बाली राम्रो हुने कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताउनुभयो । वैज्ञानिक रूपमा पाँच/छ पटक गहुँ सिँचाइ गर्नुपर्ने भए पनि किसानले प्रायः एकचोटि मात्रै गहुँमा पानी हाल्ने गरेका छन् । बलौटे र अग्ला ठाउँमा गहुँ बालीले पानी खोजिरहेका बेला भएको वर्षाले उत्पादन वृद्धिमा सहयोग पुग्ने चौधरीको भनाइ छ ।
बढे भारतीय पर्यटक
सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् ।