बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन गर्नुपर्छ
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिनुभएको छ।
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ ।
गहुँ लगाउने क्षेत्रफल कम हुँदै
नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ।
च्याउखेतीबाट मनग्य आम्दानी
रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउखेती हो । उहाँले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आउनुभएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँले लगानी बढाउँदै लैजानुभएको छ ।
सुन र चाँदीको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।
सिपालु शेर्पा ७५ वर्षमा पुरस्कार पाउँदा दङ्ग
झापा गौरादहका ७५ वर्षीय पासाङ शेर्पा अहिले पनि केही नगरी बस्न सक्नुहुन्न । उहाँ आफैँ बाँस काट्ने, बाँसको चोया बनाउने र त्यसबाट विभिन्न सामग्री बनाउने गर्नुहुन्छ ।
मान्म–कोटवाडा केबुलकार डिपिआर तयार
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माणको लागत प्रतिवेदन सार्वजनिक भएको छ । कालीकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन माथि छलफल गदै लागत अनुमान सार्वजनिक गरिएको हो ।
रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार ९चैत ५ गते० देखि हप्तामा तीन पटक उडान हुने भएको हो ।
कर्णालीको माछाले राम्रो आम्दानी
दक्षिणी क्षेत्रको कर्णाली नदी किनारमा बसोबास गर्दै आएका व्यवसायीले माछाबाट राम्रो आम्दानी गर्न थालेका छन् । नदीमा जाल हालेर दैनिक माछा मार्ने र त्यो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडका होटल व्यवसायी जानबहादुर छन्त्यालले दैनिक नदीमा जाल हालेर पाँच केजीसम्म माछा पार्ने गरेको बताउनुभयो । हाल सर्केगाडमा माछाको मूल्य प्रतिकेजी आठ सय रुपियाँ पर्ने गर्छ । उहाँले दैनिक चार हजारसम्म जालमा परेका माछा बिक्री गरेर कमाइरहेको बताउनुभयो ।
छ हजार किसानलाई कार्ड वितरण गर्ने
भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोगमा किसान कार्ड वितरण सुरु गरेको छ । पहिलो चरणमा उदयपुर, सप्तरी र सिराहा जिल्लाका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई सो कार्ड वितरण गर्ने भनी दुई पक्षमा बुधबार सम्झौता भएको छ । केयर नेपाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच हस्ताक्षर भएपछि विभिन्न जिल्लाका छ जना महिला कृषकलाई सो कार्ड वितरण गरी शुभारम्भ गरिएको केयर नेपालका निर्देशक मोना शेर्पाले बताउनुभयो ।
पाथीभरामा रु ५५ लाख सङ्कलन
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
युएई र मङ्गोलियालाई लगानी बढाउन आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मङ्गोलियाका राजदूतलाई नेपालमा आफ्ना मुलुकका लगानीकर्तालाई ल्याउन आग्रह गर्नुभएको छ । ढकालले बुधबार युएईका राजदूत अब्दुल्ला अल सम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।
मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै
चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।
घाँसका रूपमा मकै बिक्री हुन थालेपछि किसान खुसी
सुनसरी जिल्लाको श्रीलङ्का टप्पुका किसानहरूले लगाएको मकै पाक्न नपाउँदै घाँसका रूपमा बारीबाटै बिक्री हुन थालेको छ । कात्तिकमा लगाएको उन्नत जातको मकै बारीबाटै बिक्री हुन थालेपछि टप्पुवासीले त्यसबाट राम्रो आम्दानी लिन थालेका हुन् । साइलेज घाँसका लागि हरियो मकै बारीबाटै बिक्री हुन थालेपछि बद्री राईले एक बिघा १० कट्ठाको दुधे मकै तीन लाखमा बिक्री गर्नुभएको छ । मकै पाकेपछि दाना बनाएर बेच्नभन्दा बोटै बेच्दा फाइदा भएको राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कात्तिकमा रोपेको मकै चैतमा मात्र तयार हुन्थ्यो । मकै पाक्नुभन्दा ढेड महिनाअगाडि नै खेतबाटै मकै बिक्री भएपछि मकै लगाउँदै आएको छु ।”
विभाग र सेजनबिच सम्झौता
त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बिच अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालनमा सहकार्यका गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विभागको केन्द्रीय कार्यालय कीर्तिपुरमा बुधबार आयोजित एक कार्यक्रमबिच विभाग प्रमुख प्राडा शिवराज अधिकारी र सेजनका अध्यक्ष सुजन ओलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
आर्थिक विकासतर्फ बुटवल सर्वोत्कृष्ट नगर
बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो । नेपाल नगरपालिका सङ्घले मङ्गलबार काठमाडौँमा आयोजना गरेको समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको बुटवल उपमहानगरले जनाएको हो । काठमाडौँमा आयोजित समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
जग्गा दिन निवेदन माग
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरेको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न निवेदन माग गरेको हो । आयोगले धनकुटाको महालक्ष्मी नगरपालिका, उदयपुरको उदयपुरगढी गाउँपालिका, मोरङको केराबारी र कटहरी गाउँपालिका, सुनसरीको वराहक्षेत्र नगरपालिकामा निवदेन माग गरेको छ । रौतहटको माधवनारायण नगरपालिका र सिराहाको अर्नमा गाउँपालिका, दाङको लमही नगरपालिका, शान्तिनगर र बबई गाउँपालिकामा निवेदन माग गरिएको छ ।
सुन र चाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।
दर्ता विना नै मासु पसलबाट कारोबार
बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री गरी कारोबार गर्दै आएको पाइएको छ ।
स्वच्छ प्रतिस्पर्धी बजारका लागि उपभोक्ता अदालत गठन जरुरी
उपभोक्ता संरक्षण ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता अदालत गठन नहुँदासम्म स्वच्छ प्रतिस्पर्धी बजारको परिकल्पना गर्न नसकिने बताइएको छ । विश्व उपभोक्ता दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राजधानीमा आयोजना गरेको ‘स्वच्छ प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार स्थापितका लागि उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा सो कुरा बताइएको हो । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अदालत गठन नहुँदा उपभोक्ता अधिकार कुण्ठित भएको बताउनुभयो ।
मेला, महोत्सव सञ्चालनमा प्रदेशले लगानी गर्ने
बागमती प्रदेश सरकारले प्रदेशभित्र आयोजना हुने मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापनका लागि सहलगानी गर्ने भएको छ । औद्योगिक उत्पादनलगायत हस्तकलाका वस्तुलाई मेला, महोत्सव तथा प्रदर्शनीका माध्यमबाट औद्योगिक उत्पादनलाई बजारीकरणका लागि सहयोग रउत्पादन वृद्धिलाई उत्प्रेरित गर्ने उद्देश्यले औद्योगिक मेला, महोत्सव, प्रदर्शनीलाई व्यवस्थित गर्न प्रदेश सरकारले ५० प्रतिशतसम्म सहलगानी वा साझेदारी गर्ने नीति लिएको हो ।
महिनामा दुई दिन पनि चल्दैनन् एटिएम
सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले हरेक शाखामा ग्राहकको सुविधाका लागि एटिएम मेसिन जडान गरेर सेवा दिने प्रयत्न गरेको भए पनि एटिएम मेसिन नवलपरासीपूर्वमा प्रयोगविहीन हुन थालेपछि ग्राहकसमेत अन्योलमा पर्न थालेका छन् । नवलपरासीपूर्वको गैँडाकोट, रजहर र कावासोतीमा राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटा शाखा र एटिएम मेसिन रहेका छन् तर महिनामा दुई/तीन दिनबाहेक प्रायः बन्द हुने र बन्द नहुँदा पनि सेवा दिन नसक्ने अवस्थामा रहेकाले यहाँका एटिएमले ग्राहकको विश्वास जित्नुको साटो घटाइरहेको गैँडाकोटका सञ्जीव तिवारीले बताउनुभयो ।
‘अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ’
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ ।