भक्तपुरमा महोत्सवको आयोजना
नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०७०/८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यही चैत २२ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र
महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनमाथि कारबाही गरी ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो ।
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन
इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ ।
सप्तरीमा ८२.४ प्रतिशत राजश्व सङ्कलन
सप्तरीको राजविराज भन्सार कार्यालय बेल्हीले नेपाल सरकारको लक्ष्य अनुसार ८२.४ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।
सुनको मूल्य प्रतितोला सात सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।
आठ महिनामा एक चौथाइभन्दा कम विकास खर्च
चालु आर्थिक वर्षको आठ महिनामा तनहुँमा विनियोजित बजेटमध्ये एक चौथाइभन्दा कम विकास खर्च भएको छ ।
पाखापखेरामा सुन्तला जातको खेती विस्तार
नवलपुरमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । केही वर्षअघिसम्म पाखापखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । यहाँका ९९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् । यहाँको पाखापखेरामा अहिले सुन्तला जातका फलफूल लटरम्म फल लागेका छन्, त कहीँ फूल फुलिरहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन ) लागु भएपछि यहाँका पाखापखेरामा सुन्तला, कागती, निबुवा र मौसमका बोट देख्न सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनीलकुमार
जरिबानामा पर्ने व्यावसायिक संस्था बढे
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई बढाएसँगै जरिबानामा पर्ने व्यावसायिक संस्थाको सङ्ख्या पनि बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म तीन हजार ३०९ व्यवसायी फर्मको अनुगमन गरिएकोमा ८४२ वटा व्यवसायी फर्म जरिबानामा परेका हुन् ।
सामाजिक न्यायको साझेदारीमा सहभागी हुँदै नेपाल
सामाजिक न्यायको विश्वव्यापी साझेदारीमा नेपाल सहभागी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र आइएलओका नेपालका कार्यालयका निर्देशक नुमान ओज्कानबिच सोमबार भएको भेटमा मन्त्री अर्यालले सरोकारवालाको छलफलबाट सकारात्मक राय/सहमति प्राप्त भइरहेको सन्दर्भमा नेपाल सहभागी हुनेसम्बन्धी आवश्यक प्रक्रिया सुरु भइरहेको जानकारी दिनुभयो । त्यसअघि निर्देशक ओज्नाकले उक्त साझेदारीमा नेपालको सहभागिताको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
‘स्टार्टअप उद्यम’ कर्जाका लागि सोह्र सय आवेदन
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका छन् । औद्योगिक व्यवसाय प्रतिष्ठानले कर्जाका लागि गत माघ १९ गते खुलाएको आवेदनमा विभिन्न क्षेत्रका एक हजार ६५८ वटा आवेदन परेका हुन् । मुलुकमा रोजगार नपाएर दिनहुँ जसो ठुलो सङ्ख्यामा युवा विदेशतिर गइरहेका बेला स्वदेशमै उद्यमी बन्नका लागि स्टार्टअप उद्यम कर्जाका लागि प्रतिष्ठानमा आवेदन परेका हुन् ।
माग बढाउन भुक्तानी बढाइँदै
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले बजारमा भुक्तानी बढाउन थालेको छ । पछिल्लो समय माग र खपत घट्दा समग्र बजार नै शिथिल अवस्थामा पुगेकोमा त्यसलाई चलायनमान बनाउन अर्थ मन्त्रालयले केही रकम बजारमा पठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले यसका लागि आफू आइसकेपछि केही बक्यौता भुक्तानी पनि गरिसकेको बताउनुभयो ।
माडीबगरमा डेनमार्कको डिग्री र इजरायलको सिप
विदेशी विश्वविद्यालयको डिग्री र त्यहाँको सिप सिकेर फर्केका एक युवाले चितवनको माडीमा सुरु गरेको कृषि फार्म यतिबेला जिल्लाकै आकर्षक फार्ममा गनिएको छ । डेनमार्कबाट एग्रो बायोलोजीमा स्नातकोत्तर र हाइटेक अर्गानिक एग्रिकल्चरमा विद्यावारिधि गरेका विज्ञ डा. भानु पोखरेलले माडी नगरपालिका–४, खैरहनीमा माडी प्राङ्गारिक कृषि तथा अनुसन्धान केन्द्र स्थापना गरी तीन वर्षदेखि माडी खोलाको बगरलाई कृषिको सिकाइ केन्द्रका रूपमा विकास गर्नुभएको छ ।
सुरुङमार्गको काम सुरु हुने
एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको हो ।
लोप हुँदै मान्छेका मित्र किराफट्याङ्ग्रा
अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा कमी आएको छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले विश्वव्यापी रूपमा असर पार्ने भएकाले समयमै सचेत हुन खोजकर्ताले अनुरोध गरेका छन् । लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेको छ भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएका बारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएको बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ ।
बिमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने
स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध भएका अस्पतालहरूलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।
आयआर्जन बढाउन झोला निर्माण तालिम
ताप्लेजुङमा घरेलु उत्पादन प्रवर्धन गर्न झोला निर्माण (बनाउने) गर्ने तालिम सञ्चालन गरिएको छ । घरेलु तथा स्थानीय उत्पादनका ढाका, खाँडी र अल्लोको कपडालाई झोला निर्माण गर्न कच्चा पदार्थको रूपमा प्रयोग गरी तालिम सञ्चालन गरिएको हो ।
निस्दीमा आठ दिने महोत्सवको तयारी
जिल्लाको निस्दी गाउँपालिकामा चैतको अन्तिम साता दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ ।
वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताउनुभएको छ ।
सुन चाँदीको मूल्य घट्यो
स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।
विद्युत् प्राधिकरणले राख्यो चार सय ग्राहकलाई कालोसूचीमा
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले लाइन काटिएको ६ महिनासम्म पनि बाँकी बक्यौता महसुल भुक्तानी नगर्ने करिब ४ सय सेवाग्राहीको पहिचान गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाएको छ ।
ढोरपाटनमा आलु खेतीका लागि क्षेत्र विस्तार
जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।
प्रसारण लाइन बनाउन बोलपत्र आह्वान
एमसिए नेपालले न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्न यो बोलपत्र आह्वान गरिएको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानमा बनाउने भनिएको विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमी लामो प्रसारण लाइन निर्माणको प्रक्रिया जग्गा अधिग्रहण तथा ठेक्का तयारीमै अलमलिएको छ । यो अलमलले अन्तरदेशीय प्रसारण लाइन नै समयमा तयार नहुने अवस्था आएकाले सो खण्ड छुट्टै निर्माण गर्न थालिएको हो । आगामी जेठ ३ गतेसम्म बोलपत्र पेस गर्ने समयसीमा उपलब्ध गराएको प्रस्ताव अनुसार ठेकेदारले प्रसारण लाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने छ ।
‘अर्थतन्त्र सङ्कटमा छैन’
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको बताउनुभएको छ । नागरिक लगानी कोषको आइतबार राजधानीमा आयोजित ३४ औँ वार्षिकोत्सवका अवसरमा उहाँले अर्थतन्त्र सङ्कटमा नरहेको स्पष्ट पार्नुभयो ।