किसानले पाएनन् दुध विक्रीको डेढ करोड बढी भुक्तानी
पाल्पाका किसानले छ महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । दुध तथा दुग्धजन्य पदार्थको खपत नहुँदा जिल्लाका पाँच सय बढी किसानले भुक्तानी पाउन नसकेका हुन् ।
दुग्ध पदार्थ मौज्दात राख्न कोल्ड स्टोर अभाव
डेरी उद्योगीले दुग्धजन्य पदार्थ अत्यधिक मौज्दात रहन गएकाले त्यसलाई भण्डारण गर्न शीतभण्डारको अभाव रहेको बताएका छन् । आफ्नो रजत जयन्तीको उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । डेरी उद्योगी एवं एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले पाँच अर्ब रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको तर त्यसलाई राख्ने ठाउँ नभएर बिग्रिने अवस्थामा पुगेको बताउनुभयो ।
साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता
मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा (साउन–पुुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
सेयरमा फराकिलो वृद्धि कारोबार पनि उच्च
सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।
कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको हो ।
स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए ।
राष्ट्रिय वाणिज्य बैङ्कको नगद लाभांश पारित
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैङ्कका १८ औँ वार्षिक साधारण सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।
‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का
‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ ।
इपिएस परीक्षा दैनिक पाँच सिफ्ट
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।
पेट्रोल, डिजल र मटितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ २६ पैसा र डिजल ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको हो ।
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।
पूर्वपश्चिम रेलमार्गको भरतपुर रुटबारे विकल्प प्रस्तुत
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्वपश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ ।
कर्णालीका टुक्रे योजना कटौती
कर्णाली प्रदेश सरकारले टुक्रे योजनालाई कटौती गरेर बजेट कार्यान्वयनमा जोड दिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्ण रूपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको हो ।
टेलिकमको नगद लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गरेको छ ।
जलविद्युत्को सेयर लगानीकर्ताको आकर्षण
जलविद्युत्मा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । सुधारलाई निरन्तरता दिएको सेयर बजारमा साताको पहिलो दिन लगानीकर्ता जलविद्युत्को सेयरमा झुम्मिएका हुन् । आइतबार जलविद्युत् उपसमूहको उपसूचक सर्वाधिक ४.५८ प्रतिशतले उकालो लागेको छ ।
पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी
मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालुु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो ।
सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी प्रक्रिया अगाडि बढाउने
निर्माण व्यवसायीलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ।
उखु किसानको सत्र करोड भुक्तानी
तीन साता अघिदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्कर चिनी उद्योग हरिवनले किसानलाई १७ करोड रुपियाँ भुक्तानी गरेको छ ।
बैङ्किङ क्षेत्र देशको अर्थतन्त्रको ऐना हो
बैङ्किङ क्षेत्र देशको अर्थतन्त्रको ऐना हो । देशको अर्थतन्त्र सुदृढ दिशामा अगाडि बढेका बेलामा बैङ्किङ क्षेत्र पनि राम्रो हुने हो । लगानी गर्न सबै बैङ्कहरू तत्पर हुँदाहुँदै पनि उद्योगी व्यवसायीहरूको मनोबल त्यति उच्च छैन । आर्थिक वर्ष २०७९-८० मा बाह्य क्षेत्र असन्तुलनलाई सम्बोधन गर्नका लागि अवलम्बन गरिएको आयात नियमनले वस्तु पैठारीमा कमी आए पनि राजस्व असुलीमा भने प्रतिकूल प्रभाव पर्न गयो ।
डिडिसीकाे निमित्त महानिर्देशकमा अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।
अध्ययन र भ्रमणमा बिदेसियो एक खर्ब तेइस अर्ब
अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।