पशुपतिनगर भन्सारमा राजश्व असुली बढ्यो
भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ। ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो।
‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’
अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
बेगनास तालमा मोटरबोट चलाउन रोक
पोखराको बेगनास तालमा मोटर बोट सञ्चालन तत्कालका लागि रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बिहीबार परमादेशसहित अन्तरिम आदेश जारी गरेको हो ।
साल्ट टेड्रिङले सुरु गर्यो भवन निर्माण व्यवसाय
नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ । कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर बनाइदिने तथा आफैँ जग्गा किनेर भवन बनाएर बिक्रीवितरण गर्ने काम पनि सुरु गरेको छ ।
झन् झन् फस्टाउँदै अनौपचारिक अर्थतन्त्र
नीतिगत अस्थिरता र अस्थिर सरकारका कारण मुलुकको अर्थतन्त्रमा अनौपचारिक क्षेत्र झन् विस्तार हुँदै गएको पाइएको छ । अनौपचारिक क्षेत्रलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्ने चर्चाका बिच यो क्षेत्र झन् फस्टाएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार’ सम्बन्धी अध्ययन प्रतिवेदनले नीतिगत अस्थिरता र अनौपचारिक अर्थतन्त्रको सोझो सम्बन्ध देखाएको हो ।
अनुगमन प्रभावकारी नभएसम्म भिन्नता आउँदैन
सरकारको भ्रमण भिसामा विदेश प्रस्थानसम्बन्धी नयाँ कार्यविधि तुलनात्मक रूपमा केही राम्रो भए पनि उल्लेख्य भिन्नता भने नपर्ने प्रतिक्रिया सरोकारवालाले दिएका छन् । बुधबारदेखि लागु हुने गरी गृह मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले जारी गरेको नयाँ कार्यविधि पहिलेको तुलनामा केही सर्तमा लचिलो व्यवस्था गरिए पनि यसको अनुगमन प्रभावकारी नभएसम्म भिन्नता नआउने प्रतिक्रिया सरोकारवालाबाट आएको हो ।
नेप्से परिसूचकमा लगातार गिरावट
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
६ महिनामा ३० प्रतिशत राजस्व सङ्कलन
भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वार्षिक लक्ष्यको जम्मा ३० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
सहकारीमार्फत स्वरोजगार बन्दै महिला
पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।
उठेन काठमाडौं महानगरको दुई अर्ब ३० करोड राजस्व
काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । महानगरले गत असार मसान्तसम्म नियमित र असुरउपर गर्नुपर्ने राजश्व दुई अर्ब ३० करोड रहेको जनाएको छ ।
सिर्जनशील गाई फार्मबाट मनग्गे आम्दानी
स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी कोहलपुर–१२, चप्परगौडीकी शारदा शर्माले गाईपालनबाट वार्षिक छ लाख बढी आम्दानी गरिरहनुभएको छ । ३८ वर्षीय शर्माले सञ्चालन गर्नुभएको सिर्जनशील गाई फार्म बाँके जिल्लाकै उत्कृष्ट गाई फार्मको रूपमा परिचित हुन सफल भएको छ ।
डिजेल आयात अठार प्रतिशतले घट्यो
बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिनुभयो । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उहाँको भनाइ छ ।
असी करोडको लागतमा रिसोर्ट निर्माण
पूर्वी नवलपरासीको गैँडाकोटको सिख्रौलीबाट पर्यटकका लागि नारायणी नदीमा डुङ्गा सफारी सुरु भएको छ । गैँडाकोट–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले जिल्लाको सिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटर डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन थालेका छन् ।
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो
म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।
साउदीको कम्पनीले श्रमिकको पारिश्रमिक लिन बोलायो
विश्वव्यापी कोभिड–१९ का कारण बन्द भएका साउदी अरबको रोजगारदाता कम्पनीले नेपाली श्रमिकको बाँकी पारिश्रमिकबापतको रकम लिन बोलाएका छन् । साउदी अरबस्थित साउदी कन्सिच्युसन कम्पनी (एससिडिसी) नामक रोजगारदाता कम्पनीमा कार्यरत नेपाली श्रमिक कोभिड–१९ मा घर फर्किएका आठ जना नेपाली श्रमिक पुनः काममा नफर्किएको भन्दै अहिले बाँकी पारिश्रमिकबापतको रकम दिन बोलाएको हो ।
बैंकले योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।
नेप्सेको ओरालो यात्रा कायमै
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।
माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो
किसानले बालीमा जथाभाबी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ ।
अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि सम्पन्न भएन
जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ ।
अर्थतन्त्रलाई सबल बनाउन वाणिज्य बैङ्कको भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ ।
‘कार्यान्वयनयोग्य योजना तर्जुमा हुनुपर्ने’
विकास निर्माणमा देखिएका विद्यमान समस्या समाधान गर्ने प्रस्ट योजनासहित आगामी योजना तर्जुमा गर्नुपर्ने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ ।