‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ ।
कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो ।
धनकुटाका दुध किसानले पाएनन् नौ करोड ७० लाख
धनकुटाको छथर जोरपाटी गाउँपालिका एकमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाले नेपाल सरकार स्वामिप्तोको दुग्ध बिकास संस्थानवाट रकम भुक्तानी नपाएको पाँच महिना भयो । साउन महिनाको १५ गते सम्मको भुक्तानी पाएको सस्थाले त्यस यता एक रुपैया पनि पाएको छैन ।
काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
राडी पाखी बुनेर गुजारा चलाउँदै श्याम दम्पती
दोलखाको उत्तरी दुर्गम सुरीका दम्पतीले विभिन्न आरोह अवरोह खेपेर पनि राडी पाखी बुन्ने पेसालाई जेनतेन अहिलेसम्म जोगाइ राख्नु भएको छ ।
विद्युत् विधेयकमा उत्पादककै असन्तुष्टि
विद्युत् विधेयक २०८० मा निजी क्षेत्रले असहमति जनाएको छ । संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिँचाइ उपसिमितिमा आइतबार भएको छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का प्रतिनिधि तथा अन्य सरोकारवालाले उक्त विधेयकभन्दा २०४९ कै विधेयक संशोधन गर्दा उपयुक्त हुने सुझाव दिए ।
एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र छ उद्योगबिच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार एक हजार ६६५ जनाले विभिन्न उद्योगका लागि आवश्यक सिप तथा क्षमताको प्रशिक्षण र त्यसपछि रोजगारी प्राप्त गर्ने छन् । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसङ्घका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।
अप्पर सेतीमा लक्ष्मी सनराइजको लगानी
कास्की जिल्लाको सेती नदीमा बनाउन प्रस्ताव गरिएको माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैङ्कले लगानी गर्ने भएको छ । कुल चार अर्ब दुई करोड रुपियाँ लागत अनुमानको सो आयोजनामा ७५ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको अप्पर सेती हाइड्रो प्रालिले जनाएको छ । २० मेगावाट क्षमताको अप्पर सेती हाइड्रोले २०७८ माघमा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पाएको थियो । आयोजनाले गत असोज १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ ।
पूर्वाधार करबाट उठ्यो एक खर्ब पच्चिस अर्ब
पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपियाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।
श्रम अडिट गर्ने रोजगारदाता बढे
सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ । मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै एसडिजी लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम अडिट गर्ने रोजगारदाताको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसाय सुरक्षा विभागका अनुसार श्रम ऐन, नियमावली र छ वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनमा प्राथमिकता दिएर काम गर्दै आएको छ ।
हिमालयन हाइड्रो एक्स्पो वैशाखमा
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । हरेक दुई वर्षमा गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ गतेदेखि १४ गतेसम्म गर्न लागेको इप्पानले जनाएको छ । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने निश्चित गरेको छ । यही सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने गरी जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।
चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाउनुभयो । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ
सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने
देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको हो । सहकारीमा आबद्ध सम्पूर्ण सदस्यको सदस्य पहिचान फाराम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न विभागले निर्देशन जारी गरेको हो । सहकारी सङ्घ/संस्थाहरूको अनुगमन निरीक्षणमा सबै सदस्यको फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ ।
खडेरीले सुक्न थाल्यो बाली
लामो समयसम्मको खडेरीका कारण पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ, जौ, उम्रिन सकेनन् । माघको दोस्रो हप्ता लागिसक्दा पनि पानी परेको छैन । हिमाली तथा पहाडी क्षेत्रमा छरेको हिउँदे बाली सुकेर पहेँलो हुन थालेको छ । कतिपय ठाउँका किसानले आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउँदैनन् ।
उद्योगमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ ।
कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह
सुदूरपश्चिम प्रदेशमा लगानी जुटाउने विषयमा सो प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलबिच छलफल भएको छ । एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार सो छलफलका क्रममा मन्त्री शाहीले कृषि र पर्यटनका क्षेत्र प्रदेश सरकारको प्राथमिकताको विषय भएको बताउँदै लगानी गर्न एनआरएनएका अगुवाहरूलाई आग्रह गर्नुभएको थियो ।
नेवानि मुख्यालय सार्न भूमि पुजा
नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो । उहाँले भन्नुभयो, “प्रधान कार्यालय सिनामङ्गलमा सार्ने विषयमा विभिन्न समयमा छलफल, नीतिगत निर्णय र विस्तृत परियोजना प्रतिवदेन तयार भएपनि निर्माणको चरणमा जान सकेको थिएन । भूमि पूजन भएसँगै यसको निर्माण प्रक्रियाका लागि लगानी, लागत, बोलपत्रलगायतका प्रक्रिया अघि बढ्ने छ ।”
हाइड्रोजन उत्पादन उद्योगमा छुटैछुट
हरित हाइड्रोजन उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा व्यापक छुट तथा सहुलियतको व्यवस्थासहित सरकारको ग्रिन हाइड्रोजन नीति आएको छ । सरोकारवाला तथा सम्भावित लगानीकर्ताले प्राकृतिक स्रोतका हिसाबले प्रचुर सम्भावनाबिच महँगो लागत, हाइड्रोजन उत्पादन नीतिगत तथा कानुनी शून्यता र व्यावसायिक प्रतिफलका हिसाबले कमजोर मानिरहेको अवस्थामा सरकारले सहुलियतमुखी र प्रवर्धनात्मक ग्रिन हाइड्रोजन नीति तयार गरेको हो ।
काउलीमा फक्रियो रङ्गीन सपना
कोपी अर्थात् काउली भन्नेबित्तिकै हरिया ठुला पातका बिचमा सेतो ठुलो र खँदिलो फूल फुल्ने तरकारीको चित्र आउँछ । सेतोबाहेक रातो, पहेँला रङका काउली पनि हुन्छन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । भोजपुरका एक युवकले सुनौलो, बैजनी र खैरोलगायतका रङका काउली उत्पादन गरेर धेरैलाई अचम्ममा पार्नुभएको छ ।
वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व संकलनमा वृद्धि
मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व संकलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलन भएकामा चालु आव २०८०-८१ को सोही अवधिमा दुई खर्ब १० करोड राजस्व संकलन भएको छ । जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।
पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन
इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।
केराको थामबाट रेसा उत्पादन
कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।
एकचालिस संस्था कारबाहीमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरेका ती स्वास्थ्य संस्था कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा क्रमशः हिमाल इन्टरनेसनल मेडिकल सेन्टर, युनिकन मेडिकल सेन्टर, युनिकन हेल्थ कियर सेन्टर, ओस्कार मेडिकल सेन्टर, ट्यालेन्ट मेडिकल एन्ड डाइग्नोस्टिक सेन्टर काठमाडौँका अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेसनल मेडिकल सेन्टर, इबन मेडिकल सेन्टर, वल्डवाइड मेडिकल सेन्टर रहेका छन् ।