फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख बढी कारोबार
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।
बालबालिकासँग टोयोटाले माग्यो कारको डिजाइन, नेपालबाट ९ जना छनोट
नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ।
सुनको मूल्य घट्यो
स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो ।
आर्थिक वृद्धि हुने क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ ।
नेपाल मध्यम मानव विकास श्रेणीमा
कुनै पनि देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गरिने मानव विकास सूचकाङ्कको विश्वव्यापी स्तरमा नेपाल मध्यम श्रेणीमा परेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले हालै सार्वजनिक गरेको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले सूचकाङ्कमा केही सुधार गर्दै नेपालले विश्वव्यापी औसतभन्दा बढी प्रगति हासिल गरेको उल्लेख गरेको हो । प्रतिवेदन अनुसार सूचकाङ्कमा नेपालले ०.६०१ अङ्क पाएको छ जसलाई मध्यम मानव विकास श्रेणी अन्तर्गत राखिएको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बिचको श्रेणीलाई जनाउँछ ।
कोषले लगानीमा विविधीकरण गर्दै जाने छ
नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट निवृत्त भएका पर्वतकुमार कार्की दुई महिनादेखि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा आउनुभएको छ । कोषमा आउनुअघि उहाँ किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । ‘नेपालको समृद्धिको सहयात्री’ मान्न सकिने नागरिक लगानी कोष आइतबार स्थापनाको ३४ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैङ्क तथ वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्दै त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएका कार्कीसँग गोरखापत्रका लागि पत्रकार भेषराज बेल्बासेले कोषको समसामयिक अवस्थाका विषयमा गर्नुभएको कुराकानी :
घरजग्गाको कारोबारबाट एक अर्ब अट्ठाइस करोड राजस्व सङ्कलन
फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत माघ महिनामा एक अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ रुपियाँ सङ्कलन भएको थियो । माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको हो ।
‘अर्थमन्त्री र गभर्नर प्रतिस्पर्धी होइनन्’
अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र राष्ट्र बैङ्क मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले शनिबार आयोजना गरेको व्यवस्थापन सम्मेलनमा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री र गभर्नर प्रतिस्पर्धी नरहेको उल्लेख गर्दै उहाँले सरकार र राष्ट्र बैङ्क दुवैले जनताको अपेक्षा, आकाङ्क्षा र संविधानले दिशानिर्देश गरे अनुसारका कानुन र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको बताउनुभयो ।
नेपाल–चीनबिच प्रसारण लाइन निर्माणका लागि सम्झौताको तयारी
नेपाल र चीनबिच पहिलोपटक विद्युत् आदानप्रदानका लागि २२० केभी प्रसारण लाइन निर्माणलाई मूर्त रूप दिन तयारी तीव्र पारिएको छ । जेलङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण सुरु गर्न अध्ययन कार्यहरू अन्तिम चरणमा पु¥याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
अब पोखरा २४ घण्टा खुला
गण्डकी प्रदेशको राजधानी पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ। पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने भएको छ।
पाथीभरा केबलकारको विरोधमा यातायात व्यवसायी
ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्।
सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा रोहिनादेवी
काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको शनिबार सम्पन्न २१औँ वार्षिक साधारणा सभा तथा सातौँ अधिवेशनले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदकमा सर्वसम्मत चयन गरेको छ । पछिल्लो कार्यसमितमा उहाँ सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
हेटौँडा कार्यालयबाट ७६ प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन चार महिना बाँकी हुँदा कार्यालय पाएको लक्ष्यको झण्डै ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने
अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो । शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने बताउनुभयो ।
रुम्जाटारको राडीपाखी
कोशी प्रदेश अन्तर्गत ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि ११ किमी पूर्वमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटनको सम्भाव्य स्थल हो रुम्जाटार । बाइसे–चौबिसे राजाको पालादेखि नै किराँत वंशीहरूले शासन गरेको यस रुम्जाटार क्षेत्रको नामकरण तत्कालीन किराँती राजा रुम बुढाको नामबाट रहन गएको कुरा स्थानीय व्यक्ति बताउँछन् ।
किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड र बिमा कम्पनीलाई ४८ करोड रुपियाँ उपलब्ध गराएको छ । डिडिसीलाई ३० करोड रुपियाँ सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपियाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।
बढ्यो विदेशी लगानी प्रतिबद्धता
चालुु आर्थिक वर्षको फागुुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालुु आवको फागुुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो ।
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
पाँच हजार आयोजनाको म्याद थपिँदै
सम्झौता अनुसार निर्माण कार्य सम्पन्न हुन नसकेका पाँच हजार आयोजनाको म्याद थप गरिँदै छ । फागुन २१ गते सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन राजपत्रमा प्रकाशित भएपछि ३० दिनभित्र म्याद थपका लागि निवेदन दिनुपर्ने प्रावधान अनुसार निर्माण व्यवसायीले तयारी गरेका छन् ।
उपभोक्ता अधिकार व्यवहारमा छैन
‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा ४१ औँ विश्व उपभोक्ता अधिकार दिवस आज (शुक्रबार) मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ । सो अवसरमा सरोकारवाला निकायले विगत तीन/चार दिनदेखि उपभोक्ताको अधिकारसम्बन्धी विविध कार्यक्रम गरेका छन् । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइ उपभोक्ताका चार अधिकार भएको घोषणा गर्नुभएको थियो । त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको हो ।
सार्वजनिक वित्त घाटा घट्दो
राजस्व प्राप्तिमा देखिन थालेको सुधार र खर्चको वृद्धिदर घट्दा सार्वजनिक वित्त घाटा विगतको तुलनामा साँघुरिएको छ । वित्त घाटा साँघुरिँदा सरकारको आम्दानी र खर्चमा विद्यमान असन्तुलन कम हुँदै गएको देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन) सम्म सार्वजनिक वित्त एक खर्ब ३७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ । जबकि गत आवको सोही अवधिसम्म (२०७९ फागुन) एक खर्ब ५६ अर्ब ४४ करोड रुपियाँले घाटामा थियो । एक वर्षको यो अवधिमा वित्त घाटा १८ अर्ब ७० करोड रुपियाँले कम भएको हो ।
रूपातालको काम सुस्त, स्थानीय हैरान
पोखरा महानगरको पूर्वी सिमानामा रहेको रूपातालको नामबाट कास्कीको अर्काे पालिकाको नामकरण भएको छ, रूपा गाउँपालिका । पोखरा, रूपासहित गण्डकीकै आकर्षक गन्तव्यका रूपमा यसलाई विकास गरिँदै छ । यही उद्देश्यले थालिएको रूपाताल एकीकृत संरक्षण विकास परियोजनाको काम सुस्त हुँदा स्थानीय हैरान छन् ।