वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष
वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए ।
बजारीकरण गर्न सुन्तला महोत्सव
चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो ।
काठका सामानबाटै गुजारा चलाउने हीरा
दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुका हीराबहादुर घतानी बाउन्न घुस्सा ५३ ठक्कर खाएर अन्त्यमा बाबुबाजेको पेसामा फर्कनु भएको छ । काठको कामबाट सुन चाँदीको काम र ठेक्कापट्टाबाट पनि खासै उँभो लाग्ने नदेखेपछि पुर्खाबाट सिकेको काठका भाडा बनाउने पेसामा आएर स्थिर हुन लागेको उहाँले स्पष्ट पार्नु भयो ।
बजारीकरण गर्दै मुसीकोट
मुसीकोट नगरपालिकाले कृषकले उत्पादन गरेका सुन्तला बगैँचामै गएर खरिद गरिदिएको छ । कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभएको र बजार नपाएको गुनासो आइरहेको समयमा नगरपालिकाले कृषकको बगैँचामा गएर सुन्तला खरिद गरिदिएको छ । कृषकको उत्पादनलाई बजारको सुनिश्चित गर्नका लागि नगरपालिकाले न्यूनतम दररेट निर्धारण गरी खरिद गरिदिने गरेको सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले कृषि उपज खरिद गरिदिँदा कृषकलाई बजारको समस्या नहुने र उत्पादनमा केन्द्रित हुन पाउने नगरपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारको समस्या नहोस् भन्नका लागि आफूहरूले न्यूनतम दर निर्धारण गरेको नगर प्रमुख जीवन खरेलले बताउनुभयो । कृषकले उत्पादन गरेका उपज बिक्री नभएमा नगरपालिकाले निर्धारण गरेको दरमा खरिद गर्ने र बजार व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिए शुल्क तिर्न तयार
डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिन सके प्रिमियमबापतको शुल्क तिर्न तयार रहेको उद्योगीले बताएका छन् । उद्योगीका तर्फबाट आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्युत् महसुल विवादमा आफूहरूलाई अनावश्यक बदनाम गरिएको आरोपसमेत लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एव अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले आफूहरूले प्रिमियम तिर्नुपर्ने गरी विद्युत् खपत गरेको प्रमाण नदिने अनि विवादकै अवस्थामा विद्युत् काटेर उद्योगी व्यापारीलाई प्रताडित गरेको आरोप लगाउनुभयो ।
कोदो उत्पादनमा कमी
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा कमी आएको छ । प्रत्येक वर्ष कोदो उत्पादनको क्षेत्रफल घटे पनि उत्पादनमा भने त्यति गिरावट आएको थिएन तर यस वर्ष गत वर्षको तुलनामा ११.५० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
तीन दशकमा भित्रियो डेढ खर्ब विदेशी लगानी
मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ । लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरकारले खुला अर्थनीति अवलम्बन गरेसँगै मुलुकमा हालसम्म एक खर्ब ५८ अर्ब ६० करोड रुपियाँ बराबरको प्रतित्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकामा डेढ खर्ब रुपियाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो ।
कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग
उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुला गरेको हो ।
चीनबाट आउन थालेपछि सस्तियो प्याजको मूल्य
उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो । देशकै ठुलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मङ्सिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो ।
एक सातादेखि सौराहा खचाखच
एक सातादेखि चितवनको सौराहाका होटल पर्यटकले खचाखच भएका छन् । गत आइतबारदेखि शनिबारसम्म सञ्चालन भएको हात्ती महोत्सवबाटै पर्यटकको भिड लागेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारीले जानकारी दिनुभयो । ‘पर्यटकको चहलपहल वृद्धि गर्नकै लागि हात्ती महोत्सव गरेका थियौँ, सफल भयौँ,” उहाँले भन्नुभयो, “त्यसको प्रभावले अहिले सौराहाका ९० प्रतिशत होटलका कोठा बुक भएका छन् ।”
विद्युतीय सवारीसाधनको आयात वृद्धि
सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र जिप आयात भएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ५० किलोवाटसम्मका पाँच खर्ब ८१ करोड २३ लाख ९२ हजार रुपियाँबराबरका दुई हजार २८ वटा ती सवारीसाधन आयात भएका छन् । ५२ वटा ५१ देखि एक सय किलोवाटसम्मका करिब २६ करोड २६ लाख ४२ लाख रुपियाँबराबरका विद्युतीय गाडी आयात भएका छन् ।
मेलको खुदोले बजार खोज्दै
बाजुराको बुढीनन्दा नगरपालिका–८, पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिर महिनासम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।
गाईभैँसीको आयात घटाउन प्रोत्साहन भत्ता
भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुने आयात घटाउन तनहुँमा किसानलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई कृषकलाई व्यवस्था गरिएको हो ।
बाँझो जमिन भाडामा लिएर खेती
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत गरी हाल प्याज खेती गरिएको छ । बढ्दो बसाइँसराइले गाउँका जमिन बाँझो हुनुका साथै बेरोजगारी बढेको भन्दै रोजगारीको सिर्जना र आर्थिक उत्पादन वृद्धि गरी आत्मनिर्भर नगरपालिका बनाउन बाँझो जग्गा उपयोगको कार्यक्रम ल्याइएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । नगरपालिकाले बाँझो रहेका जग्गाधनीसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो
अर्थतन्त्र गतिशील हुने प्रक्षेपण
मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको नेपालको अर्थव्यवस्थाबारे प्रतिवेदनले आन्तरिक र बाह्य सूचकमा आएको सुधारका कारण आगामी अर्थतन्त्र गतिशील हुँदै जाने देखाएको हो ।
नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप
गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ ।
फेरिएन अनुगमनको चुनौती
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्षको साउनदेखि पुस १० सम्म ७११ वटा अनुगमन टोलीले दुई हजार २७२ वटा व्यावसायिक फर्मको अनुगमन गरेकामा दुई हजार २२७ मा कुनै न कुनै कैफियत भेटिएको हो । जसमा ३५ वटा व्यावसायिक फर्म मात्रै सामान्य अवस्थाका भेटिएको विभागले जनाएको छ । त्यसो त विभागले पुस मसान्तसम्म एक हजार ९२४ वटा अनुगमन गर्ने लक्ष्य लिएकामा पुस १० सम्म नै दुई हजार २२७ व्यावसायिक फर्मको अनुगमन गरिसकेको छ ।
अर्थमन्त्रीद्वारा मुलुकको आर्थिक अवस्थाबारे कांग्रेस केन्द्रीय कार्यसमितिलाई जानकारी
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराउनुभएको छ ।
विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्यो
स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका-७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् ।
वडा कार्यालयबाटै राजस्व सङ्कलन
स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपर्थ्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।
व्यावसायिक रूपमा मौरीपालन
दाङको तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका ४८ वर्षिय माधव केसीले व्यावसायिक रुपमा पालन गरेको उन्नत जातका मौरी । विगत डेढ दशकदेखि सो पेसा अङ्गालेका केसीले तीन जनालाई रोजगारी दिनुभएको छ ।
फोहोरले ढाकिँदै रारा
पर्यटकको आकर्षक गन्तव्य मध्येमा पर्ने रारा ताल हिजोआज फोहोर ढाँक्न थालेको छ । फोहोर सफाइ र व्यवस्थापनमा स्थानीय सरोकार पक्षले चासो नदेखाउँदा रारा फोहोर बन्न थालेको हो ।
घटनाप्रति दुःख व्यक्त
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै दुःख प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, पानीजहाज निर्माण क्षेत्र (सिप विल्डिङ) तर्फ आवेदन दिएकालाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फका आवेदन दिन सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ताको तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन धर्नाजस्ता क्रियाकलाप नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
सुनको कारोबारमा गिरावट
बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिनुभयो ।