सत्र करोडको संरचनामा साप्ताहिक हाट
मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड रुपियाँ लागतमा निर्माण भएको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा नआएपछि त्यहाँ साप्ताहिक हाट लाग्न थालेको छ । सङ्घीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो ।
दुधको बजारीकरण तथा गुणस्तरका लागि सुझाव
डेरी उद्योगीहरूको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले दुधको बजारीकरण तथा गुणस्तरलगायत १२ वटा सुझाव देशभरका स्थानीय तहलाई दिएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सोमबार देशका सबै पालिकालाई पत्र पठाएर सो सुझाव दिनुभएको हो । दुधको बिक्री तथा गुणस्तरमा प्रश्न उठिरहेका बेला एसोसिएसनले वार्षिक कार्यक्रममा दुधसम्बन्धी कार्यक्रम समावेश गर्न सो १२ बुँदे सुझाव पठाएको हो । उत्पादनको शतप्रतिशत दुध बजारसम्म नआएकाले त्यसलाई बजारसम्म पु¥याउने खालको कार्यक्रम तयार गर्न सुझाव दिएको अध्यक्ष दाहालले बताउनुभयो ।
कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।
नेपालमा सहायता बढाउन विश्व बैङ्कसँग आग्रह
विश्व बैङ्कको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ ।
एक वर्षअघि र अहिलेको अर्थतन्त्र : बाह्य क्षेत्र सुध्रियो, आन्तरिक शिथिलता कायमै
कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ ।
धान खेतीमा ‘उन्नत प्रविधि प्रदर्शन’
कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
गढीमा सूर्यमुखी खेती
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा परीक्षणका लागि सूर्यमुखी लगाइएको छ । किसान गोकर्ण पराजुलीले चार कट्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । उहाँले प्रतिकट्ठा एक सय केजीका दरले सूर्यमुखी उत्पादन हुने अनुमान गर्दै प्रतिक्विन्टल २० हजारका दरले ८० हजार रुपियाँ आम्दानी हुने अपेक्षा राख्नुभएको छ ।
चौध सय घरेलु तथा साना उद्योग बन्द
दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य स्वयंसेवीद्वारा उचित पारिश्रमिकको माग
प्रत्येक नागरिकको घर घरमा गएर जस्तोसुकै परिस्थितिमा स्वास्थ्य दिने स्वास्थ्य स्वयंसेवीको काम र जिम्मेवारी अनुसार पारिश्रमिकको व्यवस्था हुनुपर्ने सरोकारवालाले जोड दिनुभएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पब्लिक सर्भिसेज इन्टरनेसनल (पिएसआई) ले आइतबार राजधानीमा आयोजित ‘सामुदायस्तरमा काम गर्ने स्वास्थ्य स्वयंसेविकाले गर्दा देशले प्राप्त गरेका उपलब्धि र उनीहरूले भोग्दै आएका चुनौती र समस्या’ विषयक छलफलमा सहभागीले सो कुरामा जोड दिनुभएको हो ।
वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन सम्पन्न
सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन बनाउन लागिएको हो । सोही प्रसारणलाइन अन्तर्गतको एक खण्ड तयार भएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरू निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन अन्तर्गत नै वसन्तपुर सबस्टेसनमा छ वटा वे विस्तार भइरहेको छ । त्यसमध्ये तीन वटा वेका उपकरणहरू जडान र परीक्षण कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मेला महोत्सव कमाउने थलो
कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्नुहुन्छ । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उहाँले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गर्नुभएको छ ।
प्रत्यक्ष वैदेशिक लगानी पाँच गुणाले बढ्यो
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक (एफडिआइ) झन्डै पाँच गुणाले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवर्षको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो । चालु आवको सात महिनामा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपियाँ कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम रहेको थियो ।
सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्।
अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको अपिल
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।
कृषिबाटै करोडपति
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।
लोप हुँदै चर्खा
कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेकाे छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन ।
छ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो
“यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।
नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुनै पनि पशु फर्म वा गोठमा नयाँ पशु ल्याउँदा त्यसलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड तय गरेको छ । कृषि मन्त्रालयले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० मा सो मापदण्ड उल्लेख गरेको छ । गोठ वा पशुपालन गर्ने फार्ममा स्वस्थ पशु राख्नु पर्छ । अन्यत्रबाट नयाँ पशु ल्याउँदा स्वस्थ प्रमाणित पशु मात्र ल्याउनु पर्छ र त्यस्ता पशुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।
आत्मनिर्भरका लागि साबुन उद्योगमा महिला
तनहुँका म्याग्दे गाउँपालिकाले आवश्यक तालिम दिने मात्रै नभई उत्पादन भएका सामग्री बजारीकरण हुन थालेपछि महिलाले फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेका छन् । हातमा सिप नहुँदा फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । म्याग्दे गाउँपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साबुन बनाउने निःशुल्क तालिम पाएपछि उत्साहका साथ म्याग्दे गाउँपालिका–४, थुर्पका महिलाले उद्यमी बन्न सक्रियता देखाएका छन् ।
‘तयारी पोसाक निर्यातको इतिहास दोहोर्याउन सकिन्छ’
सरकारले नीतिगत सहजीकरण गरे नेपालको तयारी पोसाक निर्यातलाई विगतकै अवस्थामा फर्काउन सकिने सरोकारवालाले औँल्याएका छन् । नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभामा सहभागीले सरकारको साथ र निजी क्षेत्रको उत्साहलाई सही ढङ्गले परिचालन गर्न सके निर्यात र आन्तरिक खपतलाई व्यापक बनाउन सकिने धारणा राखेका छन् । कार्यक्रममा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले सन् १९८० को दशकबाट नेपालमा तयारी पोसाक उद्योग स्थापना भएको र निर्यातमा इतिहास लेखेको प्रसङ्ग उल्लेख गर्दै सरकारको नीतिगत सुधार तथा निजी क्षेत्रलाई प्रवर्धन गर्ने हो भने निर्यात व्यापारलाई उकास्न धेरै समय नलाग्ने जिकिर गर्नुभयो ।
अर्थतन्त्र मापनको आधार वर्ष फेरिँदै
मुलुकको अर्थतन्त्र मापन (राष्ट्रिय लेखामान) मा महत्वपूर्ण मानिने आधार (बेस) वर्ष परिवर्तन गरिने भएको छ । अर्थतन्त्रमा पछिल्लो समय भित्रिएका नयाँ प्रवृत्ति र क्षेत्रसमेत सामेल गर्ने गरी आधार वर्ष परिवर्तनको तयारी सुरु गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले जानकारी दिनुभयो । आधार वर्ष परिवर्तनपूर्व करिब ४० वटा विभिन्न किसिमका सर्वेक्षणको काम अघि बढाइएको उहाँले बताउनुभयो । नेपालले अहिले सन् २०१०/११ लाई आधार वर्ष मानेर सो समयका स्थिर सूचकका आधारमा अर्थतन्त्रको आकार गणना गर्दै आएको छ ।