बजेट कार्यान्वयनका लागि सचिवहरूलाई निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न प्रदेश सरकार मातहतका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
एनसेल शेयर बिक्री सम्बन्धी समाचारमा प्रधानमन्त्री प्रचण्डको चासो
एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गर्नुभएको छ।
नेप्से परिसूचक घट्यो
सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज -नेप्से_ परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ ।
चार हजार क्विन्टल धान खरिद
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।
सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय
नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।
सडक विभागको नियतले गर्दा विद्युतीय तार भूमिगत कार्य रोकियो
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागको नियत सफा नहुँदा विद्युतीय तार भूमिगत गर्ने काम रोकिएको बताउनुभयो । सहर सफा मात्र नभएर स्मार्ट सहरको परिकल्पनालाई पुरा गर्न प्राधिकरणले गरेको कामलाई विभागका महानिर्देशक र केही कर्मचारीले प्रभावित बनाएको उहाँको भनाई छ ।
सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित
स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।
सुन्तला उत्पादनमा कमी
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष छ हजार ९३८.४ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष २३ करोड ७८ लाख ५५ हजार १५६ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
सुन्तला प्रवर्धनका लागि डोको उपहार
स्याङ्जाको सुन्तला लोकप्रिय रहेको छ । रसिलो र स्वादिलो सुन्तलाकै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो । स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाहरूले विभिन्न रणनीति अपनाउँदै आएका छन् । जिल्लाको चापाकोट नगरपालिकाबाहेक सबै पालिकामा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ ।
सडकबत्तीको बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न निर्देशन
अर्थ मन्त्रालयले सडकबत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयको कात्तिक २२ को निर्णयबाट सडकबत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको थियो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडकबत्तीको छ । ३३१ पालिकाको गत असारसम्मको सडकबत्तीको बक्यौता रकम छ अर्ब आठ करोड रुपियाँ छ । अधिकांश पालिकाको बक्यौता २०७४ पछिको हो ।
कर परीक्षणले जोगियो छब्बिस अर्ब
करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ ।
करारका कर्मचारी कोषमा आबद्ध हुने
सामाजिक सुरक्षा कोषले कोषमा अस्थायी करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । कोषले मङ्सिरदेखि नै कोषको अस्थायी करार सेवा तथा ज्यालादारी सेवामा रहेका कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सरकारी तहबाट यसअघि भएको घोषणा अनुसार कोषले कोषको सचिवालयमा करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई कोषको योजनामा समेट्ने निर्णय गरेको जानकारी दिनुभयो ।
अदक्ष जनशक्तिलाई दक्ष बनाउन विकास समिति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको अदक्ष जनशक्तिलाई सिप सिकाइ आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारका लागि प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।
निर्माण व्यवसायीको भुक्तानी गरिने प्रतिबद्धता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीको बाँकी भुक्तानी जुनसुकै विकल्पबाट भए पनि दिइने प्रतिबद्धता जनाउनुभएको छ । व्यवसायीले निर्माण सम्पन्न भएको आयोजनाको विगत दुई वर्षदेखि भुक्तानी पाएका छैनन् ।
अझै नियन्त्रणमा आएन पानामा रोग
नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) नवलपरासीमा पनि देखिएको छ ।
बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ आकर्षित
गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्।
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।
धनुषाको लालगढमा चारतारे होटल सञ्चालन
धनुषाको लालगढमा चारतारे मापदण्डको गौतम होटल सञ्चालनमा आएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेपछि चारतारे मापदण्डका होटल सञ्चालनमा आएको हो ।
पालिकाको प्रथम त्रैमासिक बजेट : ३८ करोड २२ लाख कटौती
चालु आर्थिक वर्ष बितेको ६ महिना भइसक्यो। अब आर्थिक वर्ष सकिन आधा समय मात्र बाँकी रहेको छ। सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ।
हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
अलैँची बिक्रीबाट करिब तीन करोड आम्दानी
लामो समय अलैँचीको मूल्य नपाएका दोलखाका किसानले यो पटक प्रतिकिलो नौ सयदेखि १३ सय रुपियाँसम्म मूल्य पाएका छन् ।
विश्व माटो दिवस मनाइँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यस पटक मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम मनाउने बताउनुभयो । माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, मोटोको परीक्षणका बारेमा जानकारी गराउनेलगायतका विषयमा कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।
समन्वयको अभावले विद्युत् तार भूमिगत कार्यक्रम अलपत्र
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनुभएको छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताउनुुभएको हो । सरकारी निकायबिचको समन्वय अभावमा ठुलो र महत्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ ।
च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो। उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ।