पालिकाको प्रथम त्रैमासिक बजेट : ३८ करोड २२ लाख कटौती
चालु आर्थिक वर्ष बितेको ६ महिना भइसक्यो। अब आर्थिक वर्ष सकिन आधा समय मात्र बाँकी रहेको छ। सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ।
हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
अलैँची बिक्रीबाट करिब तीन करोड आम्दानी
लामो समय अलैँचीको मूल्य नपाएका दोलखाका किसानले यो पटक प्रतिकिलो नौ सयदेखि १३ सय रुपियाँसम्म मूल्य पाएका छन् ।
विश्व माटो दिवस मनाइँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यस पटक मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम मनाउने बताउनुभयो । माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, मोटोको परीक्षणका बारेमा जानकारी गराउनेलगायतका विषयमा कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।
समन्वयको अभावले विद्युत् तार भूमिगत कार्यक्रम अलपत्र
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनुभएको छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताउनुुभएको हो । सरकारी निकायबिचको समन्वय अभावमा ठुलो र महत्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ ।
च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो। उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ।
एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक
सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकाले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।
घट्यो इन्धन आयात
चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।
‘कोप–२८ महत्त्वपूर्ण अवसर’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई नेपालका लागि यस पटक महत्त्वपूर्ण अवसरका रूपमा रहेको स्पष्ट पार्नुभएको छ । दुबईमा सुरु भएको कोप–२८ सम्मेलन अन्तर्गतको उच्चस्तरीय ग्लोबल स्टकटेटिभ इभेन्ट अन एडप्सन विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त नेपाल विश्व समुदायको प्राथमिकतामा रहेको औँल्याउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्टिकामा परेको भन्ने अभिव्यक्ति कोप उद्घाटन समारोहमा दिएबाटै नेपाल विश्वकै नजरमा परेको स्पष्ट पार्नुभएको हो ।
दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल
दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो । बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ ।
सुन्तला प्रवर्द्धनका लागि डोको उपहार
स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्।
अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत
मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबिच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।
विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
घट्यो च्याङ्ग्राको मूल्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य घटाएको छ । दसैँ र तिहारका लागि विक्री गर्न ल्याइएका च्याङ्ग्राको विक्री नभएपछि मूल्य घटाइएको हो । कम्पनीले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गरेर एक हजार १२५ रुपियाँ किलोग्रामका दरले च्याङ्ग्रा विक्री गर्ने जनाएको हो ।
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ ।
सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान बाह्र हजार योग्य
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा
बैङ्कको ब्याज तिर्न मजदुरी गर्छन् व्यापारी
मुलुकको आर्थिक मन्दीको मारमा कालीकोट पनि परेको छ । पछिल्लो समय कालीकोट सदरमुकाम मान्मको व्यापार घट्दा व्यापारीहरू भाडाका सटर छोड्न थालेका छन् । मुख्य बजारका सटरको भाडा मासिक १५ देखि २० हजारसम्म छन् । भाडा तिर्न नसकेर व्यापारीले सामान बोरामा थन्क्याएर सटर खाली गर्न थालेका छन् ।
रोग लागेपछि झर्न थाले सुन्तला
बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेर बोटबाट झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् । पुतलीबजारका मुक्ति अधिकारीले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गर्न तयार पारेका बेला औँसे किराका कारण बोटबाट झर्न थालेको बताउनुभयो । गत वर्ष राम्रो आम्दानी गरेको तर यसपालि कम फलेका छन्, त्यसमा पनि किरा लागेर बोटबाट झर्न थालेपछि चिन्ता बढेको उहाँले बताउनुभयो । उत्पादन लिने बेलामा पतेरोले समेत असर गरेको भन्दै यसअघि साउन र भदौमा विषादी प्रयोग गरेर जोगाइएको सुन्तला फेरि झर्न थालेको अर्का कृषक हुमकान्त अधिकारीले बताउनुभयो । उहाँले सुन्तलाको बिमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।
मूल्य वृद्धिको अडानमा उखु कृषक
महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङका लागि कारखाना सञ्चालनको तयारी गरिरहेका बेला किसानहरू मूल्य वृद्धिको अडानमा रहेका छन् । एभरेस्टले आउँदो मङ्सिर २५ देखि उखु क्रसिङ गर्न प्राविधिक एवं प्रशासनिक तयारी गरेको जनाएको छ । मूल्य वृद्धिको अडानमा रहेका कृषकले भने निर्धारित समयमा मिल सञ्चालन हुनेमा आशङ्का गरेका छन् । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले मिलका तर्फबाट क्रसिङको औपचारिक जानकारी गराइए पनि कृषकले भने उखु दिने नदिने विषयमा निर्णय गरिनसकेको बताउनुभयो ।
जग्गा स्वामित्वमा पुरुष र खेतीपातीमा महिला बढी
कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् ।
घट्यो डिजेल पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि एकहत्तर नर्स अन्तर्वार्तामा छनोट
वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना
सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।
नेपाल आयल निगम ऋणमुक्त
नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो ।