निजी डेरीको निर्णयको मारमा डिडिसी
निजी डेरी उद्योगको तुलनामा वस्तुको मूल्य महँगो भएपछि कोशी प्रदेशमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले झन्डै ४० प्रतिशत बजार हिस्सा गुमाएको छ । पछिल्लो तीन महिनायता मात्र डिडिसीले मूल्यान्तरकै कारण खुद्रा बजारको ठुलो हिस्सा गुमाएको हो । बजार मागको अनुपातमा दुधको उत्पादन बढी भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगले दुधको उपभोक्ता मूल्य घटाएका थिए । नेपाल सरकारले किसानसँग न्यूनतम ६५ रुपियाँ प्रतिलिटरका दरले दुध खरिद गर्ने निर्णय गरेसँगै गत वर्ष दुधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँले बढाएको थियो । त्यसपछि बजारमा दुधको माग क्रमश घट्दै गएको थियो भने दुधको मूल्य बढेपछि किसानले दुध उत्पादन बढाउँदा उत्पादन बढेको थियो । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मङ्सिर १ गतेबाट लागु हुने गरी निजी डेरी उद्योगहरूले दुधको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मूल्यमा उत्पादन बिक्री गरिरहेको छ ।
इपिएस परीक्षा पाँच सिफ्टमा
रोजगार अनुमति प्रणाली (इपिएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबार (७ गते) देखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको इपिएस शाखाले जनाएको हो ।
आगामी वर्षको बजेट सीमा १८ खर्ब
आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो ।
सांसदको मागलाई बजेटमा सम्बोधन गर्न आर्थिक कार्यविधि ऐन संशोधन गरिएको हो : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सांसदको मागलाई नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्नेगरी संशोधन गरिएको बताउनुभएको छ।
पर्वतको आलुले बजार नपाउँदा किसान मर्कामा
व्यावसायिक बन्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्रले आयोजनामा गरेको खायन आलु उत्पादन प्रवर्द्धनमा लागेका पर्वतका कृषकहरू उचित बजार मूल्य नपाउँदा यतिखेर मर्कामा छन् । आलु उत्पादन गत वर्ष भन्दा यो वर्ष धेरै राम्रो भए पनि उचित मूल्य नपाएपछि कृषकको मर्कामा परेको गुनासो आएको हो ।
‘गृह श्रमिकको प्रवर्धनात्मक नीति आवश्यक’
गृह श्रम बजारको व्यवस्थापन, श्रमिकको पहिचान र त्यस्ता श्रमिकले उत्पादन गरेका वस्तु तथा सेवाको उपयुक्त मूल्य व्यवस्थाका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिइएको छ । विश्व सामाजिक मञ्चले दक्षिण एसियाका गृह श्रमिकका समस्या र चुनौतीका विषयमा आयोजना गरेको छलफलमा सहभागी गृह श्रमिक तथा अभियन्ताहरूले गृह श्रमिकसम्बन्धी स्पष्ट नीति नबन्दा श्रमको मूल्य र पहिचानमै समस्या भएको औँल्याएका छन् ।
इन्धनबाट चालिस अर्ब सडक मर्मत शुल्क
आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो । सरकारले सडक मर्मत दस्तुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ ।
वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताउनुभएको छ।
चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु
चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो ।
सुधार हुँदै निर्यात, ६ महिनामा सात अर्बको निकासी
भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा निर्यातमा राम्रो सुधार आएको हो ।
योजनाको सम्झौता भटाभट हुँदा असारे विकास नहुनेमा आसा
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमले तर्जुमा गरेका कुल योजना मध्य हालसम्म त्रिहत्तर प्रतिशत भन्दा बढी योजनाको सम्झौता कार्य गर्न सिमकोट गाउँपालिका सफल भएको छ ।
काठमाडौँ-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ ।
पोखरामा डेढ अरब लगानी हुने
पोखरा महानगरमा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि करिब डेढ अब विदेशी लगानी हुने भएको छ ।
नेपाली श्रमिकको हितका विषयमा छलफल
वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । युएईको आबुधाबी डायलग कार्यक्रममा नेपाल र युएईबिच शुक्रबार भएको बैठकमा दुई देशका मन्त्री र श्रम मन्त्रालयका प्रतिनिधिबिच सो विषयमा छलफल भएको हो । आबुधाबीमा भएको बैठकमा श्रमिकले सकेसम्म पैसा तिर्न नपरोस् भनेर कार्यान्वयन गर्न रणनीति बनाउने भनेर छलफल भएको थियो । पहिलो चरणमा तीनदेखि पाँच वटा क्षेत्रलाई तोक्ने सहमति भएको थियो ।
लिपिङ खोला जलविद्युतको काम पचासी प्रतिशत सम्पन्न
लिपिङ खोला १६.२६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सम्पन्न भएको हो । हिम रिभर हाइड्र«ोपावर कम्पनी लिमिटेड प्रवर्धक रहेको उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु
देशभरिका महिला उद्यमी सम्मिलित दुईदिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ । ‘महिलाको लगानी, घर घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अघुवाइमा महासङ्घ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य सङ्घको समन्वयमा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे सम्मेलनमा उपस्थित महिला उद्यमीले ध्यानाकर्षण गराएका छन् ।
पाइपलाइन निर्माणमा अन्योल, टुङ्गो लाग्न सकेन लगानी
भारतबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउनका लागि बनाइने दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना ऋण वा अनुदानमा बनाउने विषय टुङ्गो लाग्न नसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबिच पाइपलाइन परियोजना विस्तार गर्ने विषयमा चार चरणमा छलफल भए पनि अनुदान वा ऋणमा बनाउने विषयमा अन्तिम निर्णय नहुँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो । आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपियाँ लगानी गर्नुपर्ने सम्झौतामा भएको थियो ।
विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ।
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार
नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।
व्यस्त सहर, सुस्त व्यवसाय
देशको सङ्घीय राजधानी काठमाडौंको व्यस्त शहर तथा बजारहरुमा नै पछिल्लो समय व्यापार–व्यवसाय भएन भन्ने गुनासो बढेको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ ।
छ महिनामा साढे चार करोड माछाका भुरा वितरण
बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।
सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’
हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ ।
पाँचतारे होटल धमाधम कारबाहीमा
पछिल्ला केही दिनयता नाम चलेका पाँचतारे होटल धमाधम कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचतारे होटलमा म्याद गुज्रिएका खाद्यवस्तु र बिनालेबलका वस्तु फेला परेपछि कारबाहीमा परेका हुन् । बिहीबार काठमाडौँको बौद्धमा रहेको हायात होटलको अनुगमन गर्ने क्रममा म्याद गुज्रिएका डेरी उत्पादन र पेय पदार्थ भेटिएपछि म्याद गुज्रिएका सामान नष्ट गरी तीन लाख रुपियाँ जरिबाना गरेको विभागले जनाएको छ । विभागका निर्देशक एवं बजार अनुगमन संयोजक आन्नदराज पोखरेलले देशकै ठुला र पाँचतारे होटलको भान्सामा म्याद गुज्रिएका र लेबलबिनाका वस्तु भेटिनु आश्चर्यजनक भएको बताउनुभयो ।