• २१ वैशाख २०८१, शुक्रबार

अमेरिकी डलर उच्च दरमा विनिमय जारी

blog

काठमाडौँ, वैशाख ८ गते । अमेरिकी डलरको मूल्यले एकपछि अर्को रेकर्ड ब्रेक गर्ने क्रम जारी रहेको छ । शुक्रबार फेरि डलरको विनिमय मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरका अनुसार शुक्रबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९७ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३७ पैसामा कारोबार भएको छ । जुन बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको थियो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।

भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ । अमेरिकी डलरको मूल्यवृत्ति भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषकहरू बताउँछन् ।