ब्याजको अन्तर एक प्रतिशत बिन्दुले कम गर्नुपर्ने
अब बैङ्क तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेप र सर्वसाधारण मुद्दती निक्षेपमा दिने ब्याजको अन्तर एक प्रतिशत बिन्दुले मात्रै कम गर्नुपर्ने व्यवस्था आगामी चैतदेखि लागु हुने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको व्यवस्था लागु गर्न नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले सो व्यवस्था हो ।
कार्यसम्पादनमा कोशी अगाडि लुम्बिनी कमजोर
वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा अधिकांश प्रदेश औसतभन्दा निकै कम अवस्थामा देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा प्रदेशहरूको कार्यदक्षता कमजोर पाइएको हो ।
बंगलादेशसँग विद्युत निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ ।
बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका
गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो ।
अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन
नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।
आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात
बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टीफाइड राइसं) वितरणको प्रक्रिया शुभारम्भ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले बुधबार कार्यक्रम आयोजना गरेर स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सो चामल कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिने भएको छ ।
बेलहियाबाट पाँच अर्ब ६८ करोडको नेपाली उत्पादन निर्यात
रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन ।
‘आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ’
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । यद्यपि उहाँले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गर्नुभयो ।
स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पोे’
कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुनेभएको छ । महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
श्रमिकको हित र सुरक्षाप्रति प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकको हित र सुरक्षाका लागि सुरु गरिएको विश्वव्यापी सामाजिक न्यायको अभियान कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामाजिक न्याय कायम गर्ने विश्वव्यापी अभियान दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आयोजनामा मङ्गलबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री भण्डारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कामप्रति असन्तुष्टि
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यक्षमतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले असन्तुष्टि जनाउनुभएको छ । चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरबाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको भन्दै मन्त्री बस्नेतले केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकाललाई स्पष्ट विवरण पेस गर्न निर्देशन पनि दिनुभएको छ । मङ्गलबार मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री बस्नेतले कार्यक्षमता सुधार गर्नसमेत निर्देशन दिनुभएको हो । आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएको भन्दै मन्त्री बस्नेतले त्यसका कारण र उपायहरू पेस गर्न निर्देशन दिनुभएको हो ।
प्राङ्गारिक मल उत्पादनमा खड्का
वैदेशिक रोजगारमा १६ वर्ष काम गरेर नेपाल फर्किनुभएका मोरङको उर्लाबारी–९, बाँसबारीका राजीव खड्काले प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । सन् २०१९ मा नेपाल फर्किनुभएका खड्काले सुरुमा आमा कृषि फार्म दर्ता गरेर गाई र बाख्रापालन गर्न थाल्नुभएको थियो । दुबई, कतार र कुवेतमा गरी १६ वर्ष बस्नुभएका खड्काले श्रीमती र छोराछोरी पनि उतै लगिसक्नुभएको थियो । मासिक छ लाख ५० हजार रुपियाँ कमाएका खड्कालाई नेपाल फर्केर कृषि उद्यम गर्ने भोक जाग्यो र उहाँ परिवारसहित घर फर्किनुभयो ।
सुनको आयात उनन्साठी प्रतिशतले घट्यो
स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।
सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ : राष्ट्र बैङ्क
बैङ्क तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा दिइएका भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैङ्कले ध्यानाकर्षण भएको जनाएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।
रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा
चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।
चिराइतो निकासी वृद्धि
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो । जिल्लामा चिराइतो उत्पादनमा कमी आइरहेको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रूपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।
अफवाह फैलाउनेलाई कारबाही गर्न आग्रह
नेपालको बैङ्किङ क्षेत्रबारे पछिल्लो समय आधारहीन अफवाह फैलन थालेको भन्दै सो क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आपत्ति जनाएका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले आइतबार संयुक्त वक्तव्य जारी गर्दै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।
सस्तोमै टेलिकमको ‘रोमिङ’
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ ।
रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ ।
आगामी बजेटको सीमा अठार खर्ब, छ प्रतिशत आर्थिक वृद्धिको अनुमान
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १८ खर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवको वार्षिक बजेट र मध्यकालीन खर्च संरचनाको खाका टुङ्गो लगाउँदै आगामी तीन वर्षको खर्च तथा स्रोत निर्धारण गरेको हो । समितिले आव २०८२/८३ २१ खर्ब र आव २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब रुपियाँ बजेट सीमा पनि निर्धारण गरेको छ ।
लघुवित्तको निष्क्रिय कर्जा बढ्यो
चालु आर्थिक वर्ष २०८०/८१ दोस्रो त्रैमासम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा तीन खर्ब ८५ अर्ब ५३ करोड रुपियाँ पुगेको छ ।