उद्योगमा दक्ष कामदार अभाव
रुपन्देहीका उद्योगी व्यवसायीले दक्ष जनशक्ति नहुँदा अझै पनि भारत र तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् । रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परिरहेको बताएका हुन् । नेपालमा थुप्रै तालिमप्रदायक संस्थाले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरे पनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पूरा गर्न नसकेको उद्योगीको भनाइ छ ।
राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने
चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शनिबारदेखि राजधानीमा आयोजना हुने भएको छ । बैङ्कको पहुँचमा नपुग्ने गरिब तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै आगामी रणनीति बनाउन शनिबार र आइतबार राजधानीमा सम्मेलन हुन लागेको हो । स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुन लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी सात सय जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
माथिल्लो अरुणको परामर्शदाता चयन
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरिवेक्षण परामर्शदाता छनोट गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको आयोजना निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनोट भएका छन् ।
इपिएस भाषा परीक्षा हुँदै
रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषाको परीक्षा आउँदो फागुन ७ देखि हुने भएको छ । कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२४ लागि उत्पादनतर्फको परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीमा हुने जनाएको छ ।
छ महिनामा सरकारले दियो पैँतालिस अर्ब छुट
सरकारले विगत छ महिनामा विभिन्न मालवस्तुको आयात र करबापत करिब साढे ४५ अर्ब रुपियाँ छुट दिएको छ । त्यसमध्ये विभिन्न मालवस्तुको आयातमा मात्रै ३५ अर्ब रुपियाँभन्दा बढी महसुल छुट प्रदान गरिएको छ । पुससम्म छ खर्ब २१ अर्ब ६८ करोड रुपियाँको मालवस्तु आयात भएकामा ३५ अर्ब ६६ करोड २८ लाख रुपियाँ महसुल छुट प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएबमोजिम सो बराबरको छुट प्रदान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
ठुला पूर्वाधारमा युरोपको लगानी आउने
नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ (इयू) ले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ । त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआइबी) ले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिनुभयो । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गर्नुभयो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।
विकास बैङ्क र फाइनान्सलाई कारबाही
नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलाई राष्ट्र बैङ्कले कारबाही गरी जरिबाना पनि तिराएको हो ।
नेपाल एयरलाइन्सको सुर्खेत–हुम्ला परीक्षण उडान
लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताउनुभयो ।
बयरको व्यावसायिक खेती सुरु
मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ । धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् ।
तीन करोड पचास लाखको रातो गुलाफको कारोबार
प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नु पर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो ।
सात महिनामा चार लाखभन्दा बढी बिदेसिए
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा युएई पहिलो श्रम गन्तव्य देश बन्न पुगेको हो । चालु आवको सात महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख एक हजार ४६१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।
सुनको मूल्यमा उच्च गिरावट
स्थानीय बजारमा बुधबार सुनको मूल्य एकै दिन तोलामा एक हजार दुई सय रुपियाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साना जलविद्युत् र सौर्य आयोजनाको थप पिपिए हुने
नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा साना क्षमताका आयोजनाको कोटारहित विद्युत् खरिद गर्ने भएको छ । त्यस्तै करिब सात मेगावाटसम्म थप सौर्य आयोजनाको पनि विद्युत् खरिद सम्झौता गर्ने भएको छ । प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको विद्युत्मा लगानी प्रोत्साहन गर्न भन्दै सञ्चालक समितिमार्फतनिर्णय गरेको हो । निर्णय अनुसार अब १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा नै खरिद गरिने छ ।
बदलियो नेपालीको खर्च शैली
आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो । हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन् ।
‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१ औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।
कृषि बीमामा किसानको आकर्षण बढेन
सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।
छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लीन छविलाल
तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उहाँले बेच्ने गर्दै आउनुभएको छ ।
करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको ।
विदेशबाट फर्केका उद्यमीलाई सम्मान गरिने
सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीलाई पुरस्कारका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको सम्मानका लागि आवेदन माग गरेको हो ।
समन्वयको अभावले नौ वटा जलविद्युत् आयोजना सङ्कटमा
सरकारको एउटा निकायले रोयल्टी बुझेर आयोजना विकासका लागि अध्ययन अनुमति दिने तर अर्को निकायले अध्ययन गर्नै नदिने अवस्थाले ४६१ मेगावाट क्षमताका नौ जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुग्दा ऊर्जा उद्यमीहरू समस्यामा परेका छन् ।
खाँदबारी–नुम सडक निर्माण सुस्त, दुई वर्षमा २८ प्रतिशत काम
सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का–रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।
विदेशी लगानी प्रतिबद्धता घट्यो
चालु आर्थिक वर्षको माघ महिनामा विदेशी लगानी प्रतिबद्धतामा आधाले कमी आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको पुस महिनाको तुलनामा माघ महिनामा विदेशी लगानी प्रतिबद्धता आधाले घटेर १५ वटा परियोजनामार्फत ३४ करोड ५० करोड रुपियाँमा झरेको छ ।